चितवन – र्यापर हस्ट्लर गोविन्दले ‘चितवनबाट’ बोलको गीत सार्वजनिक गरेका छन् । उक्त गीत मंगलबार साँझ ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
नारायणगढस्थित चुल्हो रेष्टुरेन्टमा एक कार्यक्रमकाबीच उक्त गीत प्रिमियर गरिएको हो। गीतको भिडियोमा चितवनको सौन्दर्यतालाई सुन्दर ढङ्गबाट प्रस्तुत गरिएको छ ।
उक्त गीतमा चितवनबाट संघर्ष गर्दै सफलता चुमेका कलाकार तथा संगीतकर्मीहरुलाई पनि प्रस्तुत गरिएको छ । उनीहरुको संघर्षको कथालाई गीतको माध्यमबाट देखाउन खोजिएको छ ।
प्रिमियर कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ बागमती प्रदेशका कार्यकारीणी उपाध्यक्ष एवं उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सहनलाल प्रधानले गीतको सफलताको कामना गरे । उनले चितवनको सौन्दर्य र यहीको माटोबाट संघर्ष गर्दै सफल भएका व्यक्तिहरुलाई भिडियोमा सुन्दर तरिकाले प्रस्तुत गरिएको बताए ।
र्यापर हस्ट्लरले दर्शक स्रोतालाई फरक स्वाद दिन खोजिएको बताए । उनले गीतकै माध्यमबाट चितवनको सौन्दर्यता सबैलाई देखाउन खोजिएको बताए । उनले गीतमा आफ्नो पहिचान खोज्न गर्न संघर्षको कथा उठाइएको बताए ।
निर्देशक निगम श्रेष्ठले भिडियो उत्कृष्ट बनाउन निकै मेहेनत गरिएको बताए । पुरै टिमले गरेको मेहेनत भिडियोमा देखिने उनले बताए । भिडियोको छायाँकन तथा सम्पादन अन्जय खड्काले गरेका हुन।