चितवन, १७ असोज – नेकपा एकीकृत समाजवादी रत्ननगर नगर कमिटी घोषणा भएको छ । आइतबार पूर्वी चितवनको रत्ननगरमा भएको भेलाले बद्रीनाथ घिमिरेको अध्यक्षतामा १०१ सदस्यीय नगर कमिटी घोषणा गरेको हो ।
भेलाले नगर कमिटी उपाध्यक्षमा हरिकुमार श्रेष्ठ र एन्जिला कुँवर चयन गरेको छ । नगर कमिटी सचिवमा रामहरि अधिकारी ईश्वरराज अधिकारी रहेका छन् । कार्यक्रम एकीकृत समाजवादीकी केन्द्रीय सचिव रामकुमारी झाक्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
रत्ननगरका १६ मध्ये १२ वडामा यस अघि नै वडा कमिटी गठन भइसकेको थियो । बाँकी वडामा केही दिनमा नै कमिटी गठन हुने जिल्ला अध्यक्ष डा कृष्णराज पन्तले बताए
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु