काठमाडौं । एभरेष्ट प्रिमयिर लिगको दोस्रो क्वालिफायरमा आज पोखरा राइनोजले भैरहवा ग्लाडियटर्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । पोखरा प्रतियोगितामा पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा छ भने भैरहवा लगातार तेस्रो पटक उपाधिका लागि प्रतिस्पर्धा गर्न चाहन्छ ।
विनोद भण्डारीको कप्तानमा रहेको पोखरा पहिलो क्वालिफायरमा चितवन टाइगर्ससँग ९ विकेट पराजित भएको थियो । शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले भने इलिमिनेटरमा काठमाडौं किंग्स–११ लाई १६ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
पोखरा र भैरहवाले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो १२ः१५ बजे प्रतिस्पर्धा गर्नेछन् ।
दुई टोलीको विजेताले चितवन टाइगर्सविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । चितवन पहिलो पटक प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएको हो ।
यसअघि ललितपुर प्याट्रियट्स, विराटनगर वारियर्स र पञ्जकन्या तेजले एभरेष्ट प्रिमियर लिगको उपाधि जितेका छन् ।