चितवन । नारायणगढमा अत्याधुनिक विद्युतीय लाईटको शोरुम लक्जरी लाईट्सको सेवा शुरु भएको छ । आधुनिक घर, कार्यालय, व्यवसायिक प्रतिष्ठानलाई लक्षित गरी उक्त शोरुम सञ्चालनमा ल्याईएको हो ।
आज एक कार्यक्रमका बीच उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले शोरुमको उद्घाटन गरेका हुन् । नेपाली ब्राण्ड ‘अर्किड ’ ले गुणस्तरीय लाईटहरु उपलब्ध गराउने जानकारी दिएको छ । को लाईट हाउसले लायन्स चोकमा यो सेवा सुरु गरेको हो ।
उद्धघाटनपछि बोल्दै संघका अध्यक्ष श्रेष्ठले चितवनमा पछिल्लो समय युवा ब्यवसायीले नयांँपन र प्रविधिको व्यवसाय सञ्चालनमा ल्याएको भन्दै नयाँ खालको ब्यवसायले गतिलिने बताए । लक्षित वर्गले आधुनिक लाईटको लागि काठमाडौं लगायत अन्य ठाउंँमा निर्भर नहुनुपर्ने बताउंँदै श्रेष्ठले ग्राहकले रोजेको खोजेको लाईटसका सामाग्री स्थानीय बजारमा उपलब्ध भएको भन्दै शुभकामना व्यक्त गरे ।
घर तथा होटल , रिसोर्टमा प्रयोग हुनका लागी सुहाउँदो सामाग्रीको लागी आवश्यक परामर्श तथा सुझाव समेत दिईने संचालक सुवास कंडेलले बताए । ‘चितवनका मान्छेलाई काठमाडौं जान नपर्ने गरी सोरुम संचालन गरेका हौ ’ उनले भने ‘ सामाग्री मात्रै होईन कस्तो लाइृटस सुहाउँछ त्यसको परामर्शको सेवा दिन्छौ । ’
तीन जना युवा ब्यवसायी मिलेर सोरुम सुरु गरेका हुन् । विगत २८ वर्षदेखी विद्युतीय सामानको कारोवार गर्दै आएको समुहले चितवनमा यो ब्यवसाय सुरु गरेको हो । ‘ घरमा हुने उज्यालोको लागी विशेषज्ञ परामर्श हुन्छ ’ अर्का सञ्चालक कमल कुंवरले भने ‘ चितवनमाकाठमाडौंको ब्यवसाय चितवनमा लक्षित गरेका हौ । ’ अव ग्राहक र सेवाग्राहीको काठमाडौ जान जान पर्ने बाध्यता हटेको उनको भनाई छ ।
नारायणगढमा अत्याधुनिक लाईटको शोरुम ‘लक्जरी लाईट्स’ सेवा शुरु
नारायणगढमा अत्याधुनिक लाईटको शोरुम ‘लक्जरी लाईट्स’ सेवा शुरु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु