काठमाडौं । रुपन्देहीको मोदीपुर औद्योगिक क्षेत्रमा आइतबार प्रहरीले गोली चलाएको छ । औद्योगिक क्षेत्रको जग्गा कब्जा गरेर बसेका मानिसलाई हटाउन गोली प्रहार गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रहरीले गोली, हवाईफायर र अश्रुग्यास प्रहार गरेको बाह्रखरीलाई जानकारी दिए ।
प्रहरी टोली फिल्डमै रहेको भन्दै उनले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले भने, ‘‘औद्योगिक क्षेत्रमा बसेका मानिसलाई प्रहरीले हटाउन सकिरहेको थिएन । उल्टै प्रहरीमाथि ढुंगामुढा भएको अवस्था थियो । उनीहरूलाई नियन्त्रणमा लिन अश्रुग्यास र हवाईफायर पनि गरेको छ ।”
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु