चितवन । कालिका एफएममा कार्यरत सञ्चारकर्मी द्धारिका नेपालको आज निधन भएको छ ।
मष्तिस्कघातका कारण गम्भिर विरामी भएका चितवनका पत्रकार द्धारिका नेपालको उपचारका क्रममा निधन भएको हो ।
गृहजिल्ला रौतहटको चन्द्रनिगाहापुर जाने क्रममा असोज २५ गते बाराको तामागढी जंगलमा पुग्दा एक्कासी मष्तिस्कघात भै अर्धचेत अवस्थामा पुगेका उनको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भैरहेको थियो । चितवनमा उपचार सम्भव नभएपछि हेलिकोप्टर मार्फत उनलाई असोज २६ गते काठमाडांै लगिएको हो । उनको उपचारको क्रममा आज बिहान निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
लामो समयदेखि चितवनको कालिका एफ एममा कार्यरत नेपाल प्रेस चौतारी नेपाल बाग्मती प्रदेश कमिटि सदस्य समेत हुन् ।गजल मंच चितवनको अध्यक्ष समेत रहेका उनि विभिन्न विद्यालयहरुमा अध्यापन गर्दै आएका थिए ।
भरतपुर महानगरपालिका वडा नं. १० रमाईलोचोक स्थित निवासमा विहान ११ वजेपछि अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरिर राखिने र आजै पवित्र तिर्थस्थल देवघाटमा अन्त्येष्टी गरिने कार्यक्रम रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ । नेपालका श्रीमती, एक छोरी र एक छोरा छन् । उनको निधनल पत्रकारिता र साहित्यको क्षेत्रमा अपुरणीय क्षति भएको भन्दै सामाजिक सञ्जालमा समवेदना व्यक्त गरिएको छ ।
कालिका एफ एममा कार्यरत सञ्चारकर्मी द्धारिका नेपालको निधन
कालिका एफ एममा कार्यरत सञ्चारकर्मी द्धारिका नेपालको निधन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु