काठमाडौं । नेप्से घट्ने क्रमले मंगलवार पनि निरन्तरता पाएको छ ।
अघिल्लो कारोबार दिन अर्थात् सोमवार २ दशमलव ६२ प्रतिशतले घटेर २ हजार ५८७ दशमलव ४५ विन्दुमा बन्द भएको बजार मंगलवार २ दशमलव ९९ प्रतिशतले घटेको छ ।
२ हजार ५८८ दशमलव २४ विन्दुबाट शुरु भएको बजार यस दिन ७७ दशमलव ३३ अंकले घटेर २ हजार ५१० दशमलव ७३ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १३ दशमलव २८ अंकले घटेको छ ।
यस अवधिमा कारोबारमा आएका २२१ ओटा धितोपत्रको ९५ लाख ७२ हजार १६ कित्ता शेयरको ५४ हजार ४१६ पटकमा रू. ३ अर्ब ७७ करोड ७७ लाख ९३ हजार ६६६ बराबरको शेयर खरीदविक्री भएको छ ।
यस दिन कुल कारोबारमा आएका धितोपत्रमध्ये महुली सामुदायिक लघुवित्त र मानुषी लघुवित्तको शेयरमूल्य सर्वाधिक ४ दशमलव ४९ र ४ दशमलव १ प्रतिशतले बढेको छ ।
त्यसैगरी नेपाल हाइड्रो डेभलपर्स र नेशनल हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९ दशमलव ७७ र ९ दशमलव ४९ प्रतिशतले घटेको छ । नेपाल हाइड्रो डेभलपर्सको अन्तिम शेयरमूल्य रू. ३८८ र नेशनल हाइड्रोपावरको शेयरमूल्य रू. ३३४ कायम भएको छ ।
यो दिन सर्वाधिक शेयर खरीदविक्री नबिल बैंकको रू. ११ करोड १२ लाख ९५ हजार बराबरको भएको छ । कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा एनसीसी बैंकको संस्थापक शेयर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १२१ मा रू. १० करोड २ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
यस दिन कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । जसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक ५ दशमलव शून्य ९ प्रतिशतले घटेको छ ।
त्यसैगरी, बैंकिङ समूहको परिसूचक २ दशमलव ८३ प्रतिशत, व्यापार समूहको १ दशमलव ७१ प्रतिशत, होटल्स तथा पर्यटन समूहको २ दशमलव ९३ प्रतिशत, विकास बैंक समूहको परिसूचक ४ दशमलव १४ प्रतिशत, हाइड्रोपावर समूहको ३ दशमलव ७४ प्रतिशत, निर्जीवन बीमा समूहको २ दशमलव ७१ प्रतिशतले घटेको छ ।
यसैगरी, उत्पादन तथा प्रशोधन समूहको २ दशमलव ८६ प्रतिशत, अन्य समूहको २ दशमलव शून्य १ प्रतिशत, लघुवित्त समूहको २ दशमलव ६५ प्रतिशत, जीवन बीमा समूहको २ दशमलव ९२ प्रतिशत, म्युचुअल फण्ड समूहको १ दशमलव १४ प्रतिशत र लगानी समूहको परिसूचक २ दशमलव ८५ प्रतिशतका दरले घटेको छ ।
सोमवार बैंकहरुले ब्याजदर बढेको सूचना निकालेपछि शेयर बजार उच्च अंकले घट्न थालेको छ । ब्याजदर वृद्धिको असर मंगलवारको बजारमा पनि कायमै रहेको देखिन्छ ।