चितवन : दसैंको अवधिमा चितवनमा सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । अन्य २३ जना घाइते भएका छन् ।
ट्राफिक कार्यालय चितवनका अनुसार दसैंको अवधिमा चितवनमा १९ वटा सवारी दुर्घटना भएका छन् । जसमा ९ जनाले ज्यान गुमाएका हुन् ।
ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक भगवानराज थापाका अनुसार अधिकांशको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । ज्यान गुमाएका ९ जना मध्ये ६, पुरुष, ३ बालक र १ महिला छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु