चितवन। (नेपाल कम्युनिष्ट पार्टी ) नेकपा एमालेले पार्टीको १०औँ महाधिवेशन चितवनमा हुने निर्णय भएको छ । महाधिवेशन १०–१२ मंसिरमा हुँदै छ । यसअघि विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा महाधिवेशन गर्ने प्रस्ताव गरे पनि चितवन महाधिवेसनको लागि रोजाइमा परेको हो । बिहीबार बसेको स्थायी कमिटी बैठकले निर्णय अनुसार स्थायी कमिटी सदस्य विष्णु रिमालले आजको स्थायी कमिटी बैठकबाट महाधिवेशन मूल व्यवस्थापन समिति २१ सदस्यीय बनाइएको जानकारी दिए । एमाले नेता शंकर पोखरेलले चितवन देशकै मध्येभागमा रहेको पर्याप्त होटल तथा अन्य सेवासुविधा रहेको कारणले महाधिवेश नको लागि चितवन छनौट भएको बताए ।
चितवनमा यातायातदेखि हवाईसम्मको सुविधा रहेको हुनाले चितवन रोजाइमा परेको हो । यसअघि पनि महाधिवेसन बुटवलमा भएका कारण फेरि बुटवलमै गर्नुभन्दा चितवन देशकै केन्द्र बिन्दु भएकोले चितवन रोजाइमा परेको एमालेका एक नेताले बताए ।
यसको व्यवस्थापनको जिम्मा पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’लाई दिएको छ । प्रथम विधान महाधिवेशनमा बुटवल प्रस्ताव गरेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार च्यासलमा स्थायी कमिटी बैठक राखेर चितवनमा पार्टीको महाधिवेशन गर्ने निर्णय गराएका थिए ।
रामबहादुर थापा बादलको नेतृत्वमा एमालेले २१ सदस्यीय १०औं महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ । जसमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारी, विष्णु रिमाल, डा राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल सदस्य छन् । त्यसैगरी सातवटै प्रदेशबाट एकरएक जना प्रतिनिधि र सम्पर्क समन्वय कमिटीबाट एक जना प्रतिनिधि रहने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।