चितवन । चितवनको रत्ननगर नगरपालिकाका धान किसानले राहत पाउने भएका छन । अविरल वर्षाले भित्र्याउने बेलाको धान भिजेर क्षति भएपछि त्यस्ता किसानहरुलाई नगरपालिकाले तत्काल राहत उपलब्ध गराउने भएको हो ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनले किसानको खेतमै पुगेर क्षतिको अनुगमन र निरीक्षण गरेपछि धान किसानलाई राहत दिने घोषणा गरेका हुन् ।
जसअनुसार नगरपालिकाले प्रतिविघा १० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । प्रतिकठ्ठा पाँच सय अर्थात् विघाको १० हजार रुपैयाँका दरले किसानलाई राहत उपलब्ध गराउने मेयर वनले घोषणा गरे । ‘यो रकम पर्याप्त त हुंँदै होइन’, उनले भने, ‘भिजेको धान सुकाउन र व्यवस्थापन गर्न कामदारलाई ज्याला दिन केही सहज हुन्छ भन्ने हाम्रो अपेक्षा हो ।’
भिजेको धानलाई व्यवस्थापन गर्न नसके भोकमरी लाग्ने भन्दै उनले ज्याला दिने पैसाको अभावका किसानको धान खेतमा कुहिन नदिने प्रतिबद्धता व्यक्त गरे । तत्काल कार्यपालिकाको बैठक बसेर राहतको विषयमा निर्णय गर्ने उनको भनाई छ । हाल उक्त नगरपालिकाले आफ्नो १६ वटै वडामा क्षतिको विवरण संकलन गरिरहेको छ ।
कृषि विकास शाखाका कर्मचारी सहित वडाका जनप्रतिनिधि र कर्मचारीहरुले किसानको खेतमै पुगेर क्षतिको विवरण संकलन गरिरहेका छन् । वर्षाका कारण भिजेको धान खेतमै उम्रिन थालेपछि नगरपालिकाले सक्रियता बढाएको हो ।
रत्ननगरनगरपालिकाका धान किसानले पाउने भए राहत
रत्ननगरनगरपालिकाका धान किसानले पाउने भए राहत
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु