गैंडाकोट, । मुकुन्दपुरमा रहेको मदिरा उत्पादक गोर्खा ब्रुअरी कम्पनीका मजदुरहरु आन्दोलित भएका छन् । कम्पनीमा ३१ वर्षदेखि सेवारत पुराना कर्मचारी अगन्धर लामिछानेलाई कम्पनीले अवकाश दिएपछि मजदुरहरु आन्दोलित भएका हुन् । लामिछाने गोर्खा ब्रुअरीको स्थापनाकालदेखि कै कर्मचारी हुन् । कम्पनी भित्र उनी माओवादी केन्द्र निकट अखिल नेपाल टे्रड युनियनको नेता भएकै कारण कम्पनीले निकालेको दाबी छ । लामिछानेका अनुसार गत भदौ ६ गतेदेखि केही दिनका लागि छुट्टीमा बसेका थिए । तर आश्विन १ गते नै काममा फर्किएका थिए । आश्विन १ गते काममा फर्किएका उनलाई कम्पनिले काम दिनुको साटो ‘तपाईलाई कामबाट किन निस्कासन नगर्ने’ ब्यहोरा सहितको स्पष्टिकरण पत्र थमाएको थियो । कम्पनी प्रसाशनले स्पष्टिकरण पत्र थमाउन खोजेपछि मैले त्यो पत्र बुझिन, त्यसपछि त्यो पत्र कम्पनीले हुलाक मार्फत घरमै पठायो’ अगन्धर लामिछानेले भने, ‘हुलाकबाट पठाएको पत्र बुझे लगत्तै मैले स्पष्टिकरण दिए, तर कम्पनीले काममा बोलाएन ।’ कम्पनीमा उनको सेवानिबृत्त हुन ५ वर्ष मात्र बाँकी छ । ब्रुअरीले लामिछानेलाई अवकास दिएपछि कम्पनी भित्र रहेका ४ वटै मजदुर संघ÷संगठनहरु आन्दोलित भएका छन् । कम्पनीले यसअघि पनि उनलाई अवकास दिन अनेक वहानाहरु गर्दै आएको एक सुत्रले बताएको छ ।
आन्दोलनरत मजदुरहरुले कम्पनीको गेट अगाडि नाराबाजी गर्दै कोणसभा गरेका थिए । कोणसभालाई नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष मित्रशरण ‘बिहानी’, अखिल नेपाल टेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश ईञ्चार्ज एस वि थापा, नेकपा माओवादी केन्द्र गैंडाकोटका अध्यक्ष युवराज रिमाल, औद्योगिक मजदुर संघका केन्द्रीय अध्यक्ष हुमवहादुर रेग्मी, राष्ट्रिय जनमोर्चा नवलपुरका अध्यक्ष दिपक पाण्डे, नेपाली कांग्रेस वडा नं १० का सभापति प्रेम खरेल, एमाले वडा सदस्य नरेश काफ्ले र वडा नं २ का जनप्रतिनिधि प्रकाश सापकोटा लगायतले सम्बोधन गरेका थिऐ । उहाँहरुले लामिछाने सहित यसअघि अवकास गरिएका २७ जना कर्मचारीहरुलाई यथाशिघ्र बहाली नगरे आगामी दिनहरुमा यसभन्दा ठूलो आन्दोलनहरु गर्ने चेतावनी दिनुभएको थियो ।
कम्पनीले संविधान नमानेको र मजदुरहरुको हितमा ल्याईएको सामाजिक सुरक्षा कोष लागु नगरेको आरोप लगाउँदै उहाँहरुले अवकासमा परेकाहरुलाई ससम्मान वहाली नगरे कम्पनी बन्द गर्ने सम्मका चेतावनी दिनुभएको थियो । यसअघि कम्पनीले करारमा काम गर्ने २७ जना अन्य कर्मचारीहरुलाई विप्लव नेतृत्वको नेकपा पार्टीमा लागेको भन्दै निकालेको आन्दोलनमा सहभागी एकजना प्रदर्शनकारीले बताए । सो आन्दोलनमा यसअघि निकालिएका २७ जना कर्मचारीहरूको पनि सहभागिता रहेको थियो । यसबारे कम्पनीका प्रसाशन प्रमुख शमसेर शाहसँग कम्पनीको धारणा बुझन खोज्दा उहाँ अहिले कम्पनीमा नभएको कम्पनीका्यूरिटी गार्डले बताए । गोर्खा ब्रअरी कम्पनी प्रसिद्ध वियर ब्राण्ड ‘टुबर्ग’ लगायतका वियरहरुको उत्पादक हो ।