कात्तिक ६,चितवन । नेपाल पत्रकार महासंघ चितवनले दिवंगत हुने महासंघ चितवनका सदस्यका परिवारलाई आर्थिक ५० हजार सहयोग दिने निर्णय गरेको छ । आज बसेको कार्यसमिति बैठकले पत्रकार महासंघ सदस्यको निधन भएमा परिवारलाई उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले महासंघ सदस्यको दिवंगत भएमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिने बताए । “पत्रकारको दुःखमा महासंघले सक्दो सहयोग गर्ने नीति लिएको छ“, उनले भने , “पत्रकारको उपचार, विपदमा समेत सहायता गर्न कल्याणकारी कोष वृद्धि गरिनेछ ।“ उनका अनुसार कार्यविधि बनाएर पत्रकारको उपचार, विपद्मा न्यूनतम आर्थिक सहयोग वितरण गर्न कोष रकम बढाउंँदै लगिने छ ।
जिल्ला शाखाले पहिलोपटक दिंवगत हुने पत्रकारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । चितवन शाखाले यसअघि महासंघ सदस्यहरुको रु ७ लाख बराबरको दुर्घटना विमा समेत गरिसकेको छ । विमा सुविधा लिन नसक्ने अवस्थामा तत्कालै आर्थिक सहायता गरिने अध्यक्ष अधिकारीले बताए । असोज ३१ गते दिवंगत ह भएका ४७ वर्षिय पत्रकार द्वारिका नेपालको परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहायता गरिने महासंघले जानकारी दिएको छ ।
दसैंको टीका लगाउन रौतहटको चन्द्रनिगाहापुर घर जाने क्रममा असोज २५ गते बाटोमा वेहोस भएपछि उनलाई उपचार गर्न अस्पताल लगिएको थियो । उनको मष्तिष्कघातका कारण निधन भएको थियो । चितवन शाखाले द्वारिका नेपालको निधनप्रति शोक प्रस्ताव समेत पारित गरेको छ ।
दिवंगत पत्रकारका परिवारलाई रु ५० हजार आर्थिक सहयोग गर्ने निर्णय
दिवंगत पत्रकारका परिवारलाई रु ५० हजार आर्थिक सहयोग गर्ने निर्णय
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु