चितवन । नेपाल रेडक्रस सोसाईटी कृष्णपुर उपशाखाको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका अस्पतालहरुमा रगतको अभाव कम गर्न रक्त संकलन कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा १२ जना महिलासहित एकसय जनाले रक्तदान गरेका छन । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित बुद्धचोकमा गरिएको रक्तदान कार्यक्रममा एकसय दश पिण्ट रगत सकलन भएको उपशाखा सभापति कृष्ण ढकालले जानकारी दिए ।
रक्तदान कार्यक्रम बाग्मती प्रदेश सभा सदस्य मिलन बाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि वडाध्यक्ष राजेन्द्रमणी काफ्ले , नेपाल रेडक्रमस सोसाईटीका मन्त्री हरिप्रसाद पौडेल , नेपाली काग्रेसका वडा सभापति विनोद ढकाल , शाखाका पूर्व सभापति काशिराम अधिकारी , वडासदस्य सरिता कुमारी पाठक , कृष्णपुर स्पोर्टट्स क्लबका अध्यक्ष दिपेन्द्रराज पौडेल लगायतले मन्तव्य ब्यक्त गरेका थिए । उपशाखाका सभापति कृष्णप्रसाद ढकालको सभापतित्वमा मा कार्यक्रम सम्पन्न भएको हो ।।
रगतको अभाव कम हुन नदिन कृष्णपुरमा रक्तदान कार्यक्रम
रगतको अभाव कम हुन नदिन कृष्णपुरमा रक्तदान कार्यक्रम
![](https://www.satyatathyasamachar.com/wp-content/uploads/2021/10/blood-donate.jpg)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु