चितवन । नेकपा एमालेको जारी महाधिवेशन प्रक्रिया अन्तर्गत आज वडा स्तरीय निर्वाचन प्रक्रिया हुदंैछ । सवै वडामा नेतृत्व सहित अन्य सदस्यको निर्वाचन हुने क्रम जारी रहेको छ । यसैबीच विभिन्न वडा तथा नगरस्तरीय निर्वाचनका लागि नेताहरु उम्मेदवारी घोषणा गर्ने क्रम पनि जारी छ । चितवनको सातै नगरपालिका मध्ये भरतपुर महानगरको सचिव पदका लागि लोकप्रिय युवा नेता अस्मिन घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् ।
एमाले राजनीतिमा युवा सहभागिता र सक्रियता बढाउन आफूले उम्मेदवारी घोषणा गरेको घिमिरेले बताएका छन् ।
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसबाट अनेरास्ववियुको राजनीति यात्र शुरु गरेका घिमिरे चितवनका जनतामाझ उत्तिकै प्रभावशाली र लोकप्रिय नेता हुन् । घिमिरे नेकपा एमाले जिल्ला कमिटी सदस्य र राष्ट्रिय युवा परिषद् चितवनका अध्यक्ष हुन् ।
उनले यसअघि अनेरास्ववियु जिल्ला कमिटी सदस्य, अञ्चल कमिटी सदस्य, अनेरास्ववियु विदेश विभागको सचिव, अखिल केन्द्रीय सदस्य, केन्द्रीय सचिवालय सदस्य, युवा संघको केन्द्रीय सदस्य र युवा संघको सचिवालय सदस्य भएर उल्लेखनीय भूमिका निभाईसकेका छन् । घिमिरे राजनीतिसँगै गायन यात्रालाई पनि संँगै लगेका छन् । उनका अधिकांश गीतहरुले चर्चाको शिखर चुमिसकेका छन ।
सामाजिक रुपमा उत्तिकै सक्रिय घिमिरेले देश तथा समाजलाई विकास र निकास दिनपनि आफ्नो उम्मेदवारी रहेको बताए । कात्तिक ९ गतेका लागि तोकिएको महानगर अधिवेशन तोकिएको छ । तर आवश्यक तयारी नपुगेको भन्दै केही दिन पछाडि सर्न सक्ने सम्भावना रहेको छ ।
लोकप्रिय युवा नेता अस्मिन घिमिरेको भरतपुर महानगर सचिवमा उम्मेदवारी
लोकप्रिय युवा नेता अस्मिन घिमिरेको भरतपुर महानगर सचिवमा उम्मेदवारी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु