नयाँदिल्ली(भारत) । जिवन रहुन्जेल त जोसुकैले पनि आम्दानी हुने पेशा व्यवसाय गर्दछ । कमाउँछ नै ।
निश्चित रुपमा यो स्वभाविक पनि हो । तर विश्वमा कतिपय सेलिव्रिटीहरुले आफू मरेर पनि आम्दानी भने दिलाइरहेका छन् । यो सुन्दा तपाईंलाई आश्चर्य पनि लाग्न सक्दछ ।
आखिर, कसरी मृत्यु भइसकेपछि पनि आम्दानी निरन्तर आइरहन्छ त ? हुन पनि हो, विश्वका यस्ता कतिपय सेलिब्रिटी छन् जसले मृत्युपछि पनि अर्बौं आम्दानी दिइरहेका छन् ।
यसको पछाडि मुख्य कारण भने रहेको छ । मृत्युअघि विभिन्न कम्पनीहरुले उनीहरुसँग गरेको स्ट्रीमिंग डील तथा ब्रान्डिंग अवसर र रोयल्टी नै यसको कारण भएको भन्दै भारतीय पत्रिका इकोनिमक्स टाइम्सले अमेरिकी व्यापारिक पत्रिका फोर्ब्सलाई उद्धृत गर्दै समाचार छापेको छ । उनीहरुको नाममा वर्षेनी अर्बौं आम्दानी भइरहेको छ । यहाँ तिनै सेलिब्रिटीहरुको चर्चा गर्न खोजिएको छ ।
तीनै मध्ये एक हुन् प्रख्यात पप संगितकार माइकल ज्याक्सन् । जसले वार्षिक ११५ मिलियन डलर आम्दानी गरिरहेका छन् ।
त्यसैगरी अमेरिकी लेखक तथा कार्टुनिष्ट चार्ल्स शुल्जले वार्षिक ४० मिलियन, अमेरिकी गायक एल्भिस प्रेस्लिले ५५ मिलियन, हिरा व्यापारी एलिजावेथ टायलरले २० मिलियन, द मार्ले वेभरेज कम्पनीका मालिक बब मार्लेले २१ मिलियन डलर कमाइ गरिरहेका छन् । यो उनीहरुको आम्दानी भने सन् २०२० हो । एजेन्सीहरु