चितवन। राजनीतिमा परिवार भन्दापनि विचार मिल्नुपर्ने नेतृ सुजता कोइरालाले बताएकी छिन् ।
आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै नेतृ कोइरालाले नाता ठूलो कुरा नभएको भन्दै “राजनीतिमा परिवार भन्दापनि विचार मिल्नुपर्छ , जसजसको विचार मिल्छ उनीहरु एक ठाउँमा उभिन सक्दछन् ” । सभापतिमा कसलाई समर्थन गर्नुहुन्छ भन्ने प्रश्नमा उनले अहिलेनै आफूले कुनै धारणा नवनाएको भन्दै परिस्थितीको आकलन गरिहेको बताइन् ।
उनले अहिले सरेको महाधिवेशनको मिति अन्तिम रहेको भन्दै अब छिटै काङ्ग्रेसले नयाँ नेतृत्व पाउने जानकारी दिइन् । तपाई कुन पदमा उमेदवारी दिनुहुन्छ भन्ने प्रश्रमा उनले अहिलेसम्म टुंगो लगिसकेको छैन् समय हेरिरहेको छु ।
उनले आउँदो चुनावमा काँग्रेसले कुनै पार्टी तथा समूहसँग गठवन्धन नगर्दा राम्रो हुने बताइन् । उनले काँग्रेस आफैमा ऐतिहासिक र सिद्धान्त सहितको पार्टी भएकाले गठवन्धनको कुरामा धेरै विचार गरेर मात्रै निर्णय लिन पर्ने बताइन् ।