चितवन । तामाङ पत्रकार संघ चितवनको अध्यक्षमा बबिलाल तामाङ चयन भएका छन्। सोमबार सम्पन्न तेस्रो जिल्ला अधिबेशनबाट तामाङको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
संघको उपाध्यक्षमा सुनिता लामा, सचिबमा प्रकाश तामाङ, सह सचिवमा सन्तोष तामाङ, कोषाध्यक्षमा प्रतिमा तामाङ रहेका छन् । यस्तै सदस्यहरुमा प्रमिला तामाङ, सन्जय तामाङ, सबिन लोप्चन तामाङ, युवक तामाङ, सिमा तामाङ र सुरेश थिङ तामाङ चयन भएका छन् । अधिवेशनले ज्ञानेन्द्र तामाङ, नीरा तामाङ र बबिलाल तामाङलाई प्रदेश प्रतिनिधि र राजेश रुम्बा, सरस्वति लामा र बबिलाल तामाङलाई केन्द्रिय प्रतिनिधिको रुपमा चयन समेत गरेको छ ।
बागमती प्रदेशका पुर्व कृषि मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा राप्ती नगरपालिका उपमेयर इमान सिं लामा, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य तथा चितवन इन्चार्ज गोमान सिं तामाङ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनका सह सचिब एवम् तामाङ पत्रकार संघका केन्द्रिय सदस्य उर्गेन तामाङको सहभागिता रहेको थियो । यस्तै अन्य अतिथिहरुमा राप्ती नगर घेदुङका अध्यक्ष सन्देश घलान, राप्ती ९ का अध्यक्ष देबेन्द्र लामा, राप्ती ७ का अध्यक्ष सुमिता डल्लाकोटी, राप्ती नगरपालिकाका कार्यपालिका सदस्यहरु आईतिदेबी स्याङ्तान, दिल कुमारी थिङ, दलित पत्रकार संघ चितवनका उपाध्यक्ष गोपाल विस्वकर्मा, थारु पत्रकार संघका सचिव सन्जय चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम तामाङ संघका अध्यक्ष ज्ञानेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।
तामाङ पत्रकार संघ चितवनको अध्यक्षमा बबिलाल तामाङ
तामाङ पत्रकार संघ चितवनको अध्यक्षमा बबिलाल तामाङ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु