अपिल घिमिरे , चितवन । लेखनाथ घिमिरेको १९ औं स्मृति दिवसको अवसरमा लेखनाथ घिमिरे स्मृति दर्पणको लोकार्पण गरिएको छ। बुधवार पटिहानीको मनमोहन स्मृति भवनमा आयोजना गरिएको एक समारोह बीच कार्यक्रमका सभापति पिताम्बर शर्मा पौडेलले लोकार्पण गरेका हुन् ।
पुस्तक लाई साहित्यकार रविकिरण निर्जीव ले सम्पादन तथा संकलन गरेका छन्। कुल ५० पेज मा तयार गरिएको स्मृति दर्पण मा स्वर्गीय लेखनाथ घिमिरेका सहकर्मी साथी तथा आफन्तजनले उहाँको स्मरण प गरेका थिए । पुस्तक मा स्वर्गीय घिमिरेको बिद्यार्थी जीवन ,शिक्षा मा पुर्याएको योगदान,समाज परिवर्तन र कृषि क्रान्ति मा गरेको उच्च योगदान को चर्चा गरिएको छ। अन्याय,शोषण विभेद र अन्धविश्वाश को विरुद्दमा नेतृत्व दाई भूमिका निर्वाह गरेका घिमिरे अनुकरणीय रहेको कार्यक्रमका सहभागी वक्ता हरुले व्याख्या गरेका थिए। भतिज पदम राज घिमिरेले बाल्यकालमा आफु र परिवारमा काकाले शिक्षाका लागि दिएको प्रेरणा सधैं स्मरण रहने ब ताए। स्व लेखनाथका साथी मेघनाथ सापकोटाले लेखनाथले देवनगर ,घटगाई सिंचाईका लागि पुर्याएको महान कार्य प्रति सम्मान प्रकट गरे यस्तै सहकर्मी देवराज पौडेलले घिमिरेलाई स्मरण गर्दै लेखनाथ एउटा संघर्ष ,आन्दोलन र जन जागृतिको सुत्रधार रहेको बताए। उहाँकै नेतृत्वमा गंगानगर मा पुस्तकालय स्थापना गर्ने ,रक्सी भट्टी जलाउने ,वाल विधुवालाई पुर्नविवाह गराउने जस्ता राष्ट्रिय महत्वका परिवर्तन र सुधारका कार्य हरु गरेको भन्दै तारिफ गरिएको थियो। कार्यक्रममा बिनोद सापकोटा ,हरि विनय घिमिरे,शिवराज लामिछाने,प्रमुख अतिथि भुवन राज पौडेलले स्मरण गर्दै उहाँ बाट धेरै सिक्नु पर्ने बताए। कार्यक्रम स्मृति दर्पणका सम्पादक रवि किरण निर्जिवले संचालन गरेका थिए।
लेखनाथ घिमिरको १९ औं स्मृतिमा लेखनाथ घिमिरे स्मृति दर्पण लोकार्पण
लेखनाथ घिमिरको १९ औं स्मृतिमा लेखनाथ घिमिरे स्मृति दर्पण लोकार्पण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु