काठमाडौं । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायपालिकाभित्र देखिएको समस्या न्यायालय आफैँले समाधना गर्नुपर्ने बताएका छन् । सरकारले सर्वोच्चभित्रको विवादलाई नजिकबाट हेरिरहेको भएपनि समाधान भने अदालत आफैँले गर्नुपर्ने उनले बताए ।
“साँच्चै भन्ने हो भने यसको समाधान चाँडे हुनुपर्छ । पछि सबै पक्ष तानिन्छन्, अप्रिय हुन दिनुहुन्न । हामीले नजिकबाट हेरिरहेका छौँ । तर, समाधानका लागि उहाँहरूलाई नै आग्रह गरिरहेका छौँ,” उनले ।
उनले सरकार ‘टुलुटुलु हेरेर’ मात्र नबसेको पनि बताए । आफूहरूले अहिले विभिन्न पक्षसँग छलफल गरिररेको पनि बताए । उनले आफूहरूले प्रधानन्यायाधीश, न्यायाधीस र नेपाल बारसँग आग्रह गरिरहेको पनि बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु