चितवन । कामना सेवा विकास बैंकले आफ्नो १५ औं वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी रुपमा कार्यक्रम गरी मनाएको छ । बैंकको नारायणगढ क्षेत्रीय कार्यालय अन्तर्गतका शाखाहरुबाट विभिन्न ठाउँमा सामाजिक कार्य गरिएको हो ।
बैंकका नारायणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारीका अनुसार कात्तिक २२ गते हेटौंडा शाखाले बृद्धबृद्धालाई खाद्यान्न वितरण गरेको छ । हेटौंडा २ मा रहेको ओम बृद्धाश्रममा सात हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको हो ।
कात्तिक २३ गते बैंकको शारदानगर शाखाले स्थानीय प्रहरी चौकीलाई टेबुल उपलब्ध गराएको छ । शाखाले एक थान टेबुल निःशुल्क उपलब्ध गराएको हो ।
कात्तिक २४ गते कावासोती शाखामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो क्रममा ५२ जनाले रक्तदान गरेका भण्डारीले जानकारी दिए । यस्तै कात्तिक २६ गते खुरखुरे शाखले स्थानीय चोकहरुमा डस्टबिन वितरण गरेको छ । सो क्रममा पाँच थान डस्बिन र डस्विन राख्ने स्टिेण्ड वितरण गरियो ।
बैंकका कर्मचारीले कात्तिक २७ गते वार्षिकोत्सवको दिन गैंडाकोटको धार्मिक पर्यटकीय स्थल मौलाकालिका मन्दिर परिसर र मन्दिर जाने बाटोको सरसफाई गरेका छन् । मौलाकालिका फेदीदेखि मन्दिरसम्म सडक र सडक किनारमा रहेका फोहोर संकलन गरिएको भण्डारीले बताए । सरसफाई कार्यमा यस क्षेत्रका सम्पूर्ण शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कामना सेवा विकास बैंकले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको छ । बैंकका नारायणगढ क्षेत्र अन्तर्गत १४ वटा शाखा रहेको छन् । यस क्षेत्र अन्तर्गत हेटौंडादेखि चितवन र दाउन्ने पूर्वसम्मका शाखाहरु पर्दछन् ।