काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा (एमाले)ले आफ्नो १०औँ महाधिवेशनमा आमन्त्रण गरेको छ । शुक्रबार साँझ एमाले नेता सुवास नेम्वाङको टोलीले बालुवाटार देउवालाई महाधिवेशनमा अतिथिका रूपमा निम्तो दिएको हो ।
देउवाले आफू एमाले महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित हुने बताएका छन् ।
एमालेको १०औँ महाधिवेशन मंसिर १०–१२ गतेसम्म चितवनमा हुँदैछ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु