नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर ६ गते हुन लागेको क्षेत्रीय अधिवेशनमा नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर ३ बाट साजनकुमार महतोले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गरेका छन् । उनले सामाजिक सञ्जलहरुमार्फत आफ्नो उम्मेदवारी रहने घोषणा समेत गरिसकेका छन् ।
बिद्यार्थी जीवनबाट नै काँग्रेसको राजनीतिमा लागेका महतो २०३१ सालमा पश्चिम चितवनको पटिहानीमा जन्मिएका हुन् । महतो अहिले काँग्रेसको राजनीतिक वृत्तमा निकै लगनशील र आम कार्यकर्तामा भिज्न सफल नेतृत्वको रुपमा रहेका छन् ।
पारिवारिक पृष्ठभूमि नै काँग्रेस भएकाले पनि उनलाई काँग्रेसको राजनीतिमा आउनका लागि सहज वातावरण वन्दै आएको छ । उनका बुबा २००७ सालदेखि नै काँग्रेसको आह्वानमा भएका हरेक आन्दोलनमा सहभागी हुँदै आएका छन् । उनी पहिलो पटक भएको आमनिर्वाचनमा पटिहानी गाउँ बिकास समितिको वडा नम्बर ९ को अध्यक्षमा उम्मेदवार बनेका थिए । उनकै प्रेरणाका कारण काँग्रेसको बिचारमा भिज्दै आएका महतोको राजनैतिक पृष्ठभूमि बलियो रहेको मानिन्छ ।
युवादेखि बृद्ध–बृद्धासम्म भिज्न सक्ने उम्मेदवारको रुपमा महतोलाई लिइन्छ । बिद्यार्थी राजनीतिबाट आएका उनले काँग्रेसको बिभिन्न पदमा रही काम गरिसकेका छन् । बिद्यार्थीको क्षेत्रीय सदस्य, तरुण दल जिल्ला सदस्य, सह–सचिव, पार्टीको जिल्ला सदस्य, जिल्ला प्रबक्ता, केन्द्रिय महाधिवेशन प्रतिनिधि हुँदै २०७४ सालको आमनिर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई चुनौती दिँदै प्रदेश सभा क्षेत्र नम्बर ३ (ख) बाट काँग्रेसको बलियो उम्मेदवारको रुपमा प्रस्तुत गर्न सफल महतोलाई निर्वाचनमा उठाउने निर्णय गरेपछि गठवन्धनले उनकै मामालाई निर्वाचनमा उठाउने निर्णय गरेको थियो ।
बिद्यालय व्यवस्थापन समिति, जिल्ला बिकास समितिको आदिवासी जनजाति समन्वय समितिको उपाध्यक्ष दुई कार्यकाल, सामुदायिक वनको बिभिन्न जिम्मेवारी, पटिहानी पर्यटन बिकास समितिको सचिव र हाल उपाध्यक्ष पदमा रहेर उनले आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन् । आफूलाई कुशल पर्यटन व्यवसायीको रुपमा उभ्याउन सफल महतो अहिले पटिहानी पर्यटन होटल एशोशियसनको अध्यक्षको जिम्मेवारीको रुपमा काम गर्दै आएका महतो आफू महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए पार्टीलाई आमनिर्वाचनमा बिजयी बनाउन सबैलाई एक बनाएर लैजान दबाव दिने उनले बताए । निष्ठावान सदस्यहरुमा देखिएको निराशालाई चिर्दै अघि बढाउन लागि पर्ने, पार्टीलाई एक ढिक्का बनाई पाटीको नीति र बिधि बिधान अनुसार अघि बढाउन लागि परिरहेका महतो पार्टीको आह्वानमा भएको आन्दोलन या हरेक कार्यक्रममा सक्रिय सहभागी हुँदै आएका छन् ।
पार्टीलाई एक ढिक्का बनाउन क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा महतोको उम्मेदवारी
पार्टीलाई एक ढिक्का बनाउन क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा महतोको उम्मेदवारी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु