मेरो घर भरतपुर १६ मोहनपुर (साविक मङ्गलपुर ४) हो । म यसपालि नेपाली काँग्रेस चितवन जिल्ला उपसभापतिमा उम्मेदवारी दिँदैछु । सबैको साथ पाउने अपेक्षा गरेको छु ।
म विसं २०३९ सालमा रामपुर क्याम्परबाट स्ववियु सदस्य हुँदै विद्यार्थी राजनीतिबाट अघि बढेको हुँ । विगतमा नेपाली काँग्रेस पार्टीको चुनावमा सबै वुथमा एजेन्ट भएर काम गरेको अनुभव मसँग छ । त्यसपछि निरन्तर रुपमा पार्टीमा प्रतिबद्ध हुँदै विभिन्न भूमिकामा रहेर योगदान गरेको छु । २०६२ सालदेखि जिल्ला सदस्यमा मनोनित भएको मान्छे हुँ । विसं २०६७–२०७२ मा निर्वाचित जिल्ला कोषाध्यक्ष भएर काम गरेको अनुभव छ । लगातार जिल्ला कार्य समितिमा १६ वर्ष बसेर काम गरेको ममात्रै हो । यसले मेरो पार्टीमा कति योगदान छ भनेर भनिरहनु पर्दैन ।
यसका अलावा ज्ञानेश्वर सामुदायिक वनको अध्यक्ष हुँदै सामुदायिक वन उपभोक्ता महासंघ चितवनको अध्यक्ष भएर दुई कार्यकाल काम गरेको छु । अहिले सामुदायिक वन उद्यम तथा पर्यापर्यटन सञ्जालको केन्द्रीय उपाध्यक्ष र वाग्मती प्रदेश संयोजक भएर काम गरिरहेको छु । विभिन्न स्कुल÷कलेजको सञ्चालक समितिमा रहेरसमेत सामाजिक क्षेत्रमा उपस्थिति छ ।
म पार्टीलाई मजबुद गराउँदै आन्तरिक समस्या मिलाउने, गुट उपगुटलाई मिलाउँदै पार्टीलाई व्यवसायका रुपमा प्रयोग गर्नु हुँदैन भन्ने मान्यतामा अघि बढेको मान्छे हो । हिजोको दिनमा पनि नेतृत्वलाई घच्घच्याउन छाडेका होइन । कम से कम विगतमा हामीले जुन हेल्चेक्रयाई गरिरहेका छौँ, चुनावका बेलामा मात्रै मान्छे खोज्ने अरु बेला वास्ता नगर्ने परिपार्टी छ, त्यसको अन्त्य हुनुपर्छ । तल्लो तहको कार्यकर्ताको संरक्षण गर्नुपर्छ भन्ने मेरो मान्यता छ । नेतृत्वले सधैँ नै कार्यकर्तालाई माउले चल्ला छोपेर राखेको जसरी राख्नुपर्छ । निर्वाचनमा मात्रै कार्यकर्ता खोज्नुभएन ।
हर समय जिल्लामा हुने कार्यक्रममा पार्टीको तर्फबाट बलियो उपस्थिति बनाउने काम मबाट हुन्छ । मेरो सहभागिता रहन्छ र अरुलाई पनि सहभागिता गराउने कार्य गर्छु ।
मेरो उम्मेदवारी किन भन्ने सन्दर्भमा हिजो म जुन किसिमले कोषाध्यक्ष भएर काम गरेँ, सबैले देख्नु भएको छ । पूर्ण व्यवसाय गर्दै मैले पार्टी चलाएको होइन, पार्टीलाई नै तनमन दिएर काम गरेको हुँ । मलाई पार्टीबाट कुनै किसिमको लाभ लिनु छैन । कसैले राजनीति मात्रै गर्छन् । म सामाजिक क्षेत्रबाट आएको मान्छे हो सामाजिक र राजनीतिक क्षेत्रलाई सँगसँगै लगेर अघि बढ्छु मेरो उद्देश्य हुनेछ । हिजो कोषाध्यक्ष हुँदा पनि सामुदायक वनको नेतृत्व गरेकै थिएँ । सामुदायिक वन र जनताको अधिकार उठाउँदै हिँडेको मान्छे हो, हिजो मैले काम गरेर देखाएको छु । अझै धेरै राम्रो गर्छु भन्ने विश्वास दिलाउन चाहन्छु । त्यसैले मप्रति सबै साथीहरुको भरोसा छ भन्ने आशा गरेको छु ।
जिल्ला उपसभापतिमा सुरवीर पोख्रेलको उम्मेदवारी
जिल्ला उपसभापतिमा सुरवीर पोख्रेलको उम्मेदवारी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु