चितवन। ‘लमजुङको दुराडाँडामा जन्मिएर २०३९ सालमा चितवन आई २०४६ सालबाट मैले आफ्नो राजनीतिक अभियान अघि बढाएको हुँ । हुन त बाल्यकालदेखि नै म सक्रिय थिएँ । त्यसबेला गीतानगरमा २०४६ को आन्दोलनलाई सशक्त बनाउनका लागि नेवि संघ बनाउनुपर्ने अवस्था थियो । आन्दोलनभन्दा पहिला साथीहरुले नेवि संघको सचिव बनाउनु भयो ।
विसं २०४८ मा नेविसंघ इकाइ अध्यक्ष अरुणोदय मावि चितवन, २०५० सालमा गाउँसमिति उपाध्यक्ष गीतानगर, २०५२ मा नेविसंघ इकाई सहसचिव सप्तगण्डकी क्याम्पस, २०५३ मा नेविसंघको तर्फबाट सप्तगण्डकीमा स्ववियु सदस्य, २०५४ मा स्ववियु इकाई सचिव सप्तगण्डकी, २०५४ मा नेविसंघ ज्लिला सदस्य, २०५७ मा नेविसंघ जिल्ला उपाध्यक्ष, २०६० मा नेविसंघ जिल्ला सचिव, २०६४ मा नेविसंघ उपाध्यक्ष, नेविसंघको विभिन्न महाधिवेशनमा चितवनबाट केन्द्रीय प्रतिनिधि भएर काम गरेँ । जनआन्दोलनलगायतका आन्दोलनमा सक्रिय भएर लागेको छु ।
सबै निर्वाचनहरुमा सक्रिय भूमिका निर्वाह गरी २०६७ सालको काँग्रेसको १२ औँ महिाधिवेशनमा चितवनको क्षेत्र नं ४ बाट जिल्ला सदस्यमा निर्वाचित भएको थिएँ । विसं २०७२ मा १३ औँ महिाधिवेशन पश्चात काँग्रेस चितवनको सचिव भई हालसम्म भूमिका निर्वाह गर्दै आएको छु ।
सामाजिक क्षेत्रतर्फ म रेडक्रसको आजीवन सदस्य, नेपाल परिवार नियोजन संघको आजीवन सदस्य, विभिन्न सहकारी, सामुदायिक वनलगायत संघसंस्थामा आवद्ध रही अनुभव सँगालेको छु ।
मेरा उम्मेदवारी किन भन्ने सन्दर्भमा पहिलो कुरा त नेपाली काँग्रेसको विचार, सिद्धान्तलाई इमान्दारपूर्वक प्रकट गर्नका लागि, दोस्रो नेपाली जनताको ठुलो मेहनतबाट बनेको संविधानलाई सफल रुपमा कार्यान्वयन गर्नका लागि हो ।
पार्टीका सबै तहका क्रियाशील सदस्य र शुभेच्छुक पार्टीको शरीर हो । अधिवेशनले त्यसको अंग तयार पार्ने हो । हात, खुट्टा, आँखा, मुख बनाउने हो । सही तरिकाको आँखा बनाइएन भने पहिचान हुन्न, सही तरिकाको हात बनाइएन भने राम्ररी समाउन सक्दैन र सही तरिकाको खुट्टा बनेन भने राम्ररी
बाटोमा हिँड्नसक्दैन, त्यसकारण अहिले ज्ञानेन्द्रीयहरु सही तरिकाको बनाउनुपर्ने बेला हो ।
२१ औँ शताब्दीमा नेपाली काँग्रेसको नेतृत्व बाहुबल र पैसामा होइन, त्याग र क्षमताको आधारमा हुनुपर्छ भन्ने मुल मन्त्रलाई आतमसाथ गरेर अघि बढेको छु । पार्टीको नीति, निर्देशन, सिद्धान्त र विधान अनुसार अघि बढ्ने हो । सबैभन्दा ठुलो कुरा अनुशासित हुनुपर्छ । म यसो गर्छु भनेर पब्लिक निर्वाचनका बेला भन्ने कुरा हो । तर अहिले पार्टीको चुनावमा विधि, विधान अनुसार प्रतिबद्ध भएर अघि बढ्ने कुराहरु नै महत्वपूर्ण हो, त्यसलाई स्थापित गर्ने कुरा हो । संस्थागत रुपमा गरको निर्णयमा बफादार भएर अघि बढ्ने हो ।
पार्टीका सबै तहका नेता कार्यकर्तामा सम्पर्क रहिरहने र पार्टीको मुल उद्देश्य, विचार र चिन्तनलाई समावेश गर्दै सेवा भावमा निरन्तर रहिरहुँ भनेर नै म आएको हुँ । अन्य चाहना नराखी पार्टीमा सक्रिय रहिरहनका लागि उमेद्वारी दिएको हुँ । पार्टीमा सेवा गर्न चाहन्छु, मेरो कुनै पव्लिक चुनावमा जाने इच्छा छैन । हाम्रो मान्छे होइन राम्रो मान्छे, प्यानलमा होइन विचारमा नेतृत्व गर्ने मान्छेको आवश्यकता छ ।’