चितवन। प्राय राजनीतिक नेताहरुले भाषणमा कहिल्यै नछुटाउने शब्द हो ‘ किसान ’।राजनीतिमा किसानको नाम लिएर राजनीति गर्नेहरु धेरै भए तर किसानको लागि वास्तवमा का गर्ने नेता भने खासै हुन सकेनन् । देशले नै सम्मान दिन नसकेको कृषि पेशामा लागेका किसानहरु आफैं राजनीतिमा आएका निकै कम उदाहरण छन् । कोही आई हालेपनि माथिल्लो तहमा पुगेका बिरलै छन । अधिकांश कृषकहरुको बाहुल्यता रहेको नेपाल जस्तो मुलुकमा किसानको मुद्धा र समस्याको बारे आवाज नउठ्नुमा किसानहरु नै राजनीतिको माथिल्लो तहमा पुग्न नसक्नु नै हो ।
किसानलाई केबल राजनीतिक दलका नेताहरुले भोट बैंकको रुपमा मात्र प्रयोग गरेको अवस्थामा पछिल्लो समय व्यवसायिक कृषि क्षेत्रमा थुप्रै युवा जमातको आकर्षण रहेको छ । ती मध्य शिक्षित र राजनीतिक रुपमा सचेत युवाहरुपनि राजनीतिक क्षेत्रमा लाग्ने क्रम बढ्न थालेको छ । राजनीतिमा सचेत यस चितवन जिल्लाका किसानहरु अहिले राजनीतिमा आफ्नो उपस्थिति बढाउन राजनीतिक दलका महत्वपूर्ण जिम्मेवारीका लागि उमेदवारी दिन थालेका छन् । यस्तै किसानहरु मध्यका एक हुन् नेविसंघबाट राजनीति शुरु गरेका कालिका नगरपालिकाका किसान नेता शिवप्रसाद शर्मा । नेपाली कांँग्रेस को १४ औ महाधविेशन अन्तर्गत जिल्ला कार्यसमिति चितवनको सचिवमा आफ्नो उम्मेदवारी घोषणा शर्मा अहिले आफू राजनीति मार्फत किसानको हक हितमा लड्न सकिने भएकाले यो जिम्मेवारीको लागि अगाडि सरेको बताउँछन् ।
बाग्लुङ्ग जिल्लामा स्कुले जीवन नेविसंघको राजनीति शुरु गरेका शर्मा २०५१ सालमा विरेन्द्र बहुमुखी क्याम्पस पढ्न आएपछि भने थप सक्रिय भए । ‘मैले बाग्लुङ्गमा स्कुले जीवन देखिनै कांँग्रेसलाई बुझ्दै आएको हुं, उनी भन्छन्, चितवन झरेपछि भने थप यसलाई बुझ्ने र पार्टीमा सक्रिय हुने अवसर पाएँ ।’ साविक जुटपानीमा नेविसंघ गाउंँपालिका उपाध्यक्ष, नेविसंघको क्षेत्र नम्बर २को क्षेत्रीय सदस्य, क्षेत्रीय सचिव , क्षेत्रीय अध्यक्ष , नेविसंघको जिल्ला उपाध्यक्ष , र संविधान सभा जिल्ला परिचालन समिति संयोजक र चुनावमा नेविसंघको जिल्ला कार्यबहाक अध्यक्ष हुदै काम गरेको उनीसँगै पार्टीको जिम्मेवारी निभाउने राम्रो अनुभव छ । ‘मैले जहिले देखि कांँग्रेसको राजनीति यात्रा शुरु गरेंँ अहिले पनि उत्तिकै सक्रिय छु । म थाकेको छैन । थाक्दिन पनि’ उनी आत्मविश्वास सुनाउँछन् ।
काँग्रेसको १२ औं १३ औं महाधिवेशन मा जिल्ला कार्यसमितिमा जिल्ला सदस्य उम्मेदवार हुदै अहिले किसान संघका सदस्यको रुपमा भूमिका निभाउंदै आएका छन् उनले ।
उनको बुबा पनि बाग्लुङ्गमा स्थानीय तहका विभिन्न पदमा समेत कांँग्रेस राजीनितीमा सक्रिय व्यक्ति हुन् । ‘चितवन झरेपछि भने बुबा साविक जुट पानी गाविसको वडा संयोजक भएर काम गर्नुभयो ’उनी थप्छन मैले पनि उहाँबाट धेरै प्रेरणा र प्रोत्साहन पाएँ ।
समाजशास्त्रमा स्नाकोत्तर र अंग्रेजी, अर्थशास्त्र र राजनीति शास्त्रमा स्नातक उनी शान्त, शालिन र साधारण जीवनशैलीमा रमाउने व्यक्ति हुन् ।केही वर्ष देखि व्यवसायिक मौरी पालनलाई निरन्तरता दिदै आएका शर्मा मौरी पालक महासंघका केन्द्रीय अध्यक्ष समेत हुन् । यतिमा मात्र उनी सिमित छैनन उनी सामाजिक सञ्जाल (नेशो) पूर्व अध्यक्ष र शान्ति समाजको निर्वतमान उपाध्यक्षको भूमिकामा रहेर पनि आफ्नो भूमिका निभाईसकेका छन ।
राजनीति नै मुलनीति बताउने उनी किसानका मुद्धा र मागलाई सम्बोधन गर्न आफ्नो उम्मेदवारी रहेको सुनाउँछन् । ‘ किसान नै पार्टीको माथिल्लो पदमा नपुगे सम्म किसानको हक हीत संरक्षण नहुने उनको बुझाइ छ । उनी भन्छन् ‘मुख्यतः किसानको हक हित र मुद्धाको सम्बोधन गर्ने मेरो मुख्य एजेण्डा हो तर पार्टीका भातृसंगठनलाई एकीत्रृत गर्ने भूमिका पनि मेरो रहन्छ ।’
“ राजनीतिका लागि किसान होइन । किसानका लागि राजनीति आवश्यक छ“ उनी भन्छन् । लोकतान्त्रिक गैरसरकारी महासंघ सञ्जालकोे पूर्वअध्यक्ष भईसकेका उनी पार्टीलाई मजबुद र विधि विधानमा चलाउन पनि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पार्छन् ।