चितवन । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धालाई अस्वस्थ नबनाउन नेताहरुलाई आग्रह गरेका छन् ।
सौराहामा जारी बन्दसत्रलाई सम्बोधन गर्दै उनले एउटा मात्र व्यक्तिको अस्वस्थ व्यवहार भयो भने पार्टी बदनाम हुने बताए । एमाले देश बनाउन पार्टी हो उनले भने एमालेको काधमा ठुलो अभिभारा छ,अस्वस्थ प्रतिस्पर्धाले पार्टीलाई कमजोर बनाउन सक्छ ।
अध्यक्ष सहित पदाधिकारीमा उम्मेदवारी घोषणा गरेर भोट माग्न सुरु गरेका नेताप्रति लक्षित गर्दै ओलीले आन्तरिक प्रतिस्पर्धालाई अस्वस्थ नबनाउन आग्रह गरे । देशले मात्र होइन विश्वले एमालेलाई हेरिरहेको भन्दै ओलीले यस्तो बेला एमालेका नेता तथा कार्यकर्ता सालिन हुन आवश्यक छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु