चितवन । कामना विकास बैंकले नवलपरासीमा एकैदिन दुईवटा शाखाको स्थान्तरण गरी सेवा शुभारम्भ गरेको छ ।
बैंकले सोमबार जिल्लाको देवचुलीनगरपालिका वडा नं. १५ प्रगतीनगर र कावासोती नगरपालिका, वडा न १६, डण्डाबाट सेवा सञ्चालनमा ल्याएको हो । साविकमा यसअघि सञ्चालन हुंँदै आएको दुईवटा शाखा कार्यालयलाई सोही स्थान नजिकै स्थातान्तरण गरी नयांँ स्थानबाट सञ्चालनमा ल्याईएको हो । उक्त दुईवटा शाखाकोे बैंकका अध्यक्ष सुदिप आचार्यले उद्धघाटन गरे ।
सो अवसरमा बोल्दै आचार्यले ग्राहकहरुको सेवा सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयबाट अझै सहज र छरितो रुपमा सेवाप्रदानगर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण गरी सञ्चालनमा ल्याईएको जानकारी दिए ।
बैंकले हाल सोसियल मिडीया बैंकिङ्ग, मोबाईल बैकिङ्ग,एस एमएस, जस्ता डिजीटल माध्यमबाट पनि सेवा दिदै आएको छ ।
बैंकले हाल देशभर १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७६ वटा एटीम मार्फत सेवा दिदै आएको छ ।