काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउने बताएका छन् ।
सोमवार प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशनमा बोल्दै अर्थमन्त्री शर्माले प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाई मूल्यांकन गरेर अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिन आग्रह गरेको बताए । उनले यसका लागि चाँडै नै प्रक्रिया अगाडी बढ्ने पनि बताए ।
मन्त्री शर्माले भने, ‘सरकारले अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिने निर्णय गरिसकेको छ । त्यो हुँदा अब प्रेस काउन्सिलले कार्यविधि बनाएपछि अनलाइनहरुले सरकारी विज्ञापन पाउने छन्। अन्य पत्रकारहरुको क्षमता अभिवृद्धि, तालिमहरुको लागि सरकार सहकार्य गरी सहयोग गर्न तयार रहेको छ ।’
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु