काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओली पार्टी अध्यक्षमा पुनः निर्वाचित भएका छन् । चितवनमा भएको दशौं महाधिवेशनमा उनी प्रतिष्पर्धी भीम रावललाई पराजित गर्दै पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले दिएको जानकारीअनुसार अध्यक्षमा ओली निर्वाचित भएका छन् ।
“अध्यक्षमा ओली निर्वाचित हुनुभएको छ,” उनले भने, “केहीबेरमा औपचारिक जानकारी गराइनेछ ।”
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु