चितवन । नेपाली कांँग्रेसका उर्जाशील , जुझारु तथा वडा अध्यक्ष युवा नेता अमृतराज हमालले नेपाली कांँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवन कांँग्रेसको सदस्य पदको लागि उम्मेद्वारी घोषणा गरेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १६ का नव निर्वाचित अध्यक्ष हमाल वडावासीको चाहना र भावना अनुरुप काम गर्ने वडा अध्यक्ष रुपमा परिचित छन् ।
को हुन् त अमृतराज हमाल ?
तात्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक हुंँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रभाव क्षेत्र तथा नेकपा एमाले चितवनकी नेतृ पार्वती रावलको वडा क्षेत्र भएपनि उनले भारी मतान्तरले वडा अध्यक्षमा निर्वाचित भएका थिए । हमालको राजनीति यात्रा भने विद्यार्थीकाल, नेविसंघको राजनीतिबाट शुरु भएको हो ।
स्थानीय उपनिर्वाचनमा तत्कालिन अवस्थामा नेकपा बलियो भएको अवस्थामा समेत हमालले आफ्नो पक्षमा भारी मत ल्याएर एकाएक चर्चामा आएका थिए । चितवन कांँग्रेसजनले उनलाई एक उदाउंँदो शालिन , भद्र युवा नेता रुपमा रुचाईएका हमाल पार्टीको निष्ठा, इमान्दार र सिद्धान्त प्रति खरो रुपमा प्रस्तुत हुने स्पष्ट वक्ताको रुपमा समेत परिचित छन् । कांँग्रेसको आशा र भरोसाको रुपमा परिचित उनले आफूले जीत हासिल गरेमा कांँग्रेसमा भएको गुटउपगुट र वेथितिको अन्त्य गर्दै सिंगो र संग्लो कांँग्रेस निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्छन ।