चितवन । पश्चिम चितवनको चनौली स्थित मालपोत कार्यालयमा अख्तियारले छापा मारेको छ । आज मध्यान्ह १२ बजेतिर अख्तियार टोलीले छापा मारेको स्थानीय पत्रकार रामशरण गैरेले जानकारी दिनुभयो । टोलीले मालपोत प्रमुख मुकुन्द पौडेललाई निगरानीमा राखेर कागजात, चेक र नगद नियन्त्रणमा लिएको गैरेले बताउनु भयो । ‘१५ लाखको चेक र तीन लाख नगद , कागजात अख्तियार टोलीले बरामद गरेको छ , उहांँले भन्नुभयो , मालपोत प्रमुखलाई अलग्गै कोठामा राखेर सोधपुछ गरेको छ । हामीलाई भेट्न दिईएको छैन ।’
किन र के कारण छापा मारियो भन्ने विषयमा थप जानकारी केही समयपछि आउने बताईएको छ । अख्तियारको टोलीले अहिले पनि घटनास्थलमा विवरण संकलन गरेको गैह्रैले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु