चितवन । भरतपुरमा ट्रकले बच्चालाई ठक्कर दिएपछि स्थानीय उत्तेजित भीडले ट्रक जलाईदिएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टांँडी तर्फ गईरहेको बागमती प्रदेश ०३–००१ ख १३०६ नम्बरको ट्रकले बसन्तचोकमा सडकमा हिडिरहेको बच्चालाई ठक्कर दिदा बच्चा सख्त घाईते भएका छन ।
उत्तेजित भीडले ट्रक जलाईदिएपछि स्थिति तनावग्रस्त बनेको छ । हाल प्रहरी, शशस्त्र प्रहरी लगायतको टीम लगायत दमकलले आगो निभाएको कार्यालयका प्रमुख भगवानराज थापाले जानकारी दिए । घटनास्थल अझै साम्य नभएकोले स्थिति नियन्त्रण गर्न प्रयास भईरहेको छ । थप विवरण केही बेरमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु