भरतपुर । हाम्रो चित्रवन साकोस भरतपुर ११ चितवनको एकीकरण पछिको पहिलो साधारण सभा तथा एकाइ प्रतिनिधिको भेला वर्तमान संचालक समितिलाई निरन्तरता दिदै सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी नेफस्कुनका अध्यक्ष परितोष पौड्यालले एकीकरण मार्फत सदस्यलाई अझ दिगो र सुरक्षित कारोवारका लागी अग्रसर बन्दै गएको बताए । आगामी दिनमा अझ गुणस्तरीय र प्रभावकारी सेवा दिनका लागी संस्था सफल हुने कुरामा आफु विश्वस्त रहेको उनले बताए ।
कार्यक्रममा बिशिष्ठ अतिथि चितवन जिल्ला त्रचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष हरिश्चन्द्र सुवेदी, संस्थाका पुर्व अध्यक्ष भोला शिवाकोटी , बिष्णु प्रसाद अधिकारी , राजेन्द्रमणी काफ्ले जिल्ला बचत संघका सचिव तथा संस्थाका पुर्व अध्यक्ष रामराज पौडेलले शुभकामना मन्तव्य दिएका थिए । संस्थाका सचिव कृष्णप्रसाद पौडेलले आर्थीक बर्ष २०७७।७८ को प्रगति र २०७८।७९को प्रस्ताबित नीति तथा कार्यक्रम, आ.व. २०७७।७८ को यथार्थ र २०७८।७९ को अनुमानित बजेट बिबरण र २०७७।७८को लेखापरिक्षण प्रतिवेदन संस्थाका कोषाध्यक्ष नारायणप्रसाद उपाध्यायले प्रस्तुत गरेका थिए भने आन्तरिक लेखा परीक्षण प्रतिवेदन लेखा सुपरिवेक्षण समितीका संयोजक सूर्यवदना हमालले प्रस्तुत गरेकी थिईन ।
गत मसिंर २९ गते दीपज्योति, हाम्रो माईति, भानुचोक, गौरवमय सेवा केन्द्रका एकाई भेला सम्पन्न भएको थियो त्यसैगरी पौष १ गते चित्रवन सेवाकेन्द्रका सविक २९०० शेयर सदस्य सम्म, पटिहानी सेवा केन्द्रका सबै शेयर सदस्य र पौष २ गते चित्रवन सेवा केन्द्रका २९०० भन्दा माथीका शेयर सदस्य तथा मोेडल सेवा केन्द्रका शेयर सदस्यहरुको उपस्थितिमा सम्पन्न एकाई भेलामा साधारणसभाका बिषयसुचिहरु माथी छलफल गरी पारीत गर्नुका साथै सो एकाई भेला बाट एकाइ प्रतिनिधि छनौट गरिएको थियो ।
छनौट भएका एकाइ प्रतिनिधिहरुको भेला पौष ७ गते बसी एकाइ भेलाबाट पारित निर्णयहरु अनुमोदन गरेको हो ।
भरतपुर ११ बाईपासरोडमा मुख्य कार्यालय रहेको सस्ंथाको दीपज्योति, चित्रवन, हाम्रो माईति ,अभिबृद्धि, गौरवमय, भानुचोक, पटिहहानी र मोडल सहित ८ सेवा केन्द्रहरु रहेकाछन् । संस्थामा हाल १०४६६ शेयर सदस्य रहेको र कुल पँुजी १ अर्ब २० करोड भन्दामाथि रहेको छ । संस्थाका अध्यक्ष तेजेन्द्र बहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा एकीकरण भैआएका संस्थाका अध्यक्षहरुलाई कदरपत्रले सम्मान गरिएको थियो ।