चितवन । आर्थिक गतिविधि सुस्त भएसंँगै आन्तरिक राजश्व कार्यालय भरतपुरको राजश्व लक्ष्यभन्दा झण्डै १९ दशमलब १७ प्रतिशतले घटेको छ । कार्यालयका अनुसार चालु आर्थिक बर्ष ०७८,०७९को मंसीर महिनामा ३६ करोड ९६ लाख ७१ हजार रुपैंया कम राजश्व असुली भएको हो । मंसीर महिनामा विभागले १ अर्ब ९२ करोड ७९ लाख ६१ हजार लक्ष्य दिएकोमा १ अर्ब ५५ करोड ८२ लाख ९० हजार मात्र असुली गरेको छ ।
चालु आवको मंसीर महिनामा कुनैपनि शिर्षकमा कार्यालयले लक्ष्य भेट्टाउन सकेको छैन । कार्यालयका अनुसार आयकर शिर्षकमा ३८ करोड २७ लाख ८ हजार लक्ष्य दिएकोमा १७ करोड २३लाख १७ हजार रुपैंया असुली गरेको छ । यसैगरी बहालकर शिर्षकमा २८ लाख ६८ हजार लक्ष्य दिइएकोमा २६ लाख ६८ हजार असुली, व्याजकरमा १ करोड ३लाख १० हजार लक्ष्य दिएकोमा ५५ लाख ८७ हजार , मुल्यअभिवृद्धि कर शिर्षकमा १५ करोड ५४ लाख ८ हजार लक्ष्य दिएकोमा १३ करोड ५९ लाख १८ हजार र अन्तशुल्क शिर्षकमा १ अर्ब ७० करोड ५ लाख २८ हजार लक्ष्य दिएकोमा १ अर्ब ४१ करोड ८ रुपैयांँ मात्र राजश्व असुली भएको छ । कार्यालयले स्वास्थ्य सेवा कर र शिक्षा सेवा शुल्कमा भने कुनैपनि राजश्व असुल गर्न सकेको छैन । जस अनुसार स्वास्थ्य सेवा करमा मंसीर महिनामा ४ लाख ८२ हजार र शिक्षा सेवा शुल्कमा २ लाख ४८ हजार रुपैंया राजश्व असुली गरेको छ ।
कार्यालयका कर अधिकृत शुशिल लम्सालले मंसीर महिनामा अन्तःशुल्क लगायत अन्य शिर्षकमा समेत को कारोबारमा कमी आउने हुनाले लक्ष्य भन्दा कम राजश्व असुली हुने बताउनुभयो । ‘हाम्रो मुख्य राजश्व असुलीको श्रोतनै अन्तशुल्क हो, उहांँले भन्नुभयो, अन्य शिर्षकमा पनि यो महिना कम असुली हुने समय हो ।’ उहांँका अनुसार अन्तःशुल्क मा डिष्टीलरी मा कारोबार भएपनि ब्रुअरी , कोल्ड ड्रिंक्सको उत्पादनको कारोबार कम हुंँदा समग्र लक्ष्यमा असर परेको हो । ‘आयकर शिर्षकमा पनि यो आम्दानी आउने महिना होइन, पुष चैत ,असोज महिनामा भने बढ्छ ।’ उहांँले भन्नुभयो । चाडवाडको समय जानु र जाडो समय शुरु भएको हुनाले पनि सोही अनुसार अन्तशुल्क संँगै अन्य शिर्षकहरुमा समेत कम राजश्व असुली भएको उहांँको भनाई छ ।
विभागले चालु आर्थिक बर्षको मंसिर महिनासम्मको अवधिमा ७ अर्ब १३ करोड ७६ लाख ८३ हजार लक्ष्य दिएकोमा ८ अर्ब ५ करोड ४८ लाख ९४ हजार रुपैंया राजश्व असुली गरेको छ । यो बर्ष विभागले यहांँको कार्यालयलाई २१ अर्ब ७२ करोड २६ लाख ७९ हजार लक्ष्य दिएको छ ।