चितवन । ईलाका प्रहरी कार्यालय, रत्ननगर टांँडीका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर राना सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन । आज (शुक्रबार) बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सार्वजनिक गरेको प्रतिवेदनका क्रममा डिएसपी राना कार्य सम्पादनमा बागमती प्रदेशकै उत्कृष्ट भएका हुन् ।
वागमती प्रदेश कार्यालयले प्रनाउ रानालाई आफ्नो जिम्मेवारीलाई सर्वोत्कृष्ट ढंगबाट कार्य सम्पादन गरेको भन्दै मंसीर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।
प्रनाउ रानालाई २०७८ साल मंसिर महिनाको बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी (वेष्ट प्रोभिन्स पोलिस अफ मन्थ) घोषणा गर्दै बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।
डिएसपी रानाको नेतृत्वको प्रहरीको टोलीले भाद्र २५ गते रत्ननगर नगरपालिकाको वर्डा नम्बर १ मा ज्यान मार्ने मनाशयले भएको आक्रमणको घट्नामा संलग्न फरार प्रतिवादी पक्राउ गर्नुको साथै, असोज २७ गते पुर्वी चितवनको रत्ननगर नगरपालिका ३ स्थित शान्तिचोकमा लागूऔषध संचय गरी राखेको भन्ने सूचनाको आधारमा १४५ किलो ८३३ मिलिग्राम प्रतिबन्धित लागूऔषध चरेस सहित ३ जना अभियुक्त पक्राउ गरेका थिए ।
यस्तै रानाले कार्तिक ७ गते कालिका नगरपालिका ९ मा कर्तव्य गरी मारिएको घट्नामा संलग्न प्रतिवादीलाइ पक्राउ, कार्तिक ८ गते सौराहा राष्ट्रिय
निकुञ्जको कार्यालयमा रहेको कम्प्युटर लगायतका सामाग्री चोरी कार्यमा संलग्नलाइ पक्राउ, मंसिर २० गते कालिका नगरपालिका ९ मा रहेको नदीजन्य पदार्थ उत्खनन कार्यमा संलग्न ८ वटा सवारी साधन नियन्त्रणमा लिन सफल भएका उनले नेकपा एमालेको १० औं महाधिवेशन बन्दसत्रमा प्रभावकारी रूपमा प्रहरी परिचालन गरी त्रुटि रहित ढंगबाट सुरक्षा कायम गरेका थिए ।
टांँडी प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राना सर्वोत्कृष्ट प्रहरी घोषित
टांँडी प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राना सर्वोत्कृष्ट प्रहरी घोषित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु