चितवन । चालु आर्थिक बर्ष ०७८ ,०७९ को पांँच महिनामा यातायात व्यवस्था सेवा कार्यालय, चितवनले झण्डै सांँढे ३१ करोड आम्दानी गरेको छ । कार्यालयले दिएको तथ्यांक अनुसार चालु आवको साउन देखि मंसीरसम्म ३१ करोड ४८ लाख ६६ हजार ६२० रुपैंया संकलन गरेको हो । कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड , जरीवाना र जफत ,बेरुजु, सवारीसाधन कर र चालक अनुमति पत्र तथा सवारी किताव सम्बन्धी दस्तुरबाट आम्दानी गर्दै आएको छ ।
कार्यालयले यो पांँच महिनाको अवधिमा सबैभन्दा बढी संकलन साउनमा गरेको छ भने कम भदौमा गरेको छ । कार्यालयका अनुसार साउन महिनामा ७ करोड ७९ लाख ५ हजार ९३० रुपैंया र भदौ महिनामा ४ करोड ३६ लाख १५ हजार ३०४ रुपैंया राजश्व संकलन गरेको हो । यस्तै असोज महिनामा ६ करोड १४ लाख ५७ हजार ३५९ रुपैंया, कार्तिक महिनामा ६ करोड ५२ लाख १ हजार २४८ रुपैंया र मंसीर ६ करोड ९७ लाख ९६ हजार ७७९ रुपैंया राजश्व संकलन गरेको हो ।
कार्यालय प्रमुख विनोद पौडेलले आर्थिक बर्षको अन्तिममा राजश्व तिर्न तथा नवीकरण गर्न छुटेका सवारीधनीहरुले साउन महिनामा कर तिर्न आउने हुनाले स्वभाविक रुपमा साउन महिनामा बढी आम्दानी हुने गरेको बताउनु भयो । ‘चैत्र , असार साउनमा तुलनात्मक रुपमा भन्दा अन्य महिना भन्दा बढी राजश्व संकलन हुन्छ पौडेलले भन्नुभयो , भदौ महिनामा १० दिन लगातार निशेधाज्ञा भएकोले कम राजश्व संकलन भएको हो ।’ कार्यालयले यस बर्षमा ६५ करोड भन्दा बढी राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । ‘पांँच महिनामै हाम्रो आम्दानी ३१ करोड नाघेको छ , उहांँले भन्नुभयो , अहिले चालक अनुमतिपत्र नवीकरणबाट पनि थप आम्दानी भएको छ । लक्ष्य भन्दा बढीनै संकलन हुन्छ ।’
यातायात व्यवस्था सेवा कार्यालय, चितवनले उठायो पांँच महिनामा सांँढे ३१ करोड
यातायात व्यवस्था सेवा कार्यालय, चितवनले उठायो पांँच महिनामा सांँढे ३१ करोड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु