मकवानपुर । मकवानपुरमा ६७ हजार बढी नगदसहित ८ जना जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा बकैया गाउंँपालिका वडा नम्बर ९ हर्कपुर बस्ने दावा लामा बम्जन,सोही ठाउंँका ठुलोथली बस्ने दिपलाल थोकर,सेतोभिर बस्ने सुन्दर घिसिङ्राम बहादुर थिङ् रहेका छन । यस्तै अन्य पक्राउ पर्नेमा पाङ्रेखोला मगरटोल बस्ने शुसिल लामा ,सोही ठाउंँका ३८ को कमल थिङ्,गमलटार बिजय वाईबा र आकाश न्यासुर रहेका छन ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बकैया गाउंँपालिका वडा नम्बर ९ बैरुङ्दमार स्थित खुल्ला चौरमा कौडा खेलीरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोली र मातहत समेतबाट खटिएको संयुक्तप्रहरी टोलिले कौडा १६ थान,नगद ६७ हजार ६३५ र १६ थान कौडा सहित उनीहरुलाई आज अपरान्ह सांँढे २ बजे नियन्त्रणमा लिएको हो । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ७ दिनको म्याद थप अनुमती लिई आबश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ ।