चितवन । मुक्तिनाथ विकास बैंक पार्वतीपुर शाखाले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैंकको १५ औं वार्षिकोत्सवको अवसर पारेर शाखाले अन्नपूर्ण माध्यमिक विद्यालय पार्वतीपुरमा अध्यनरत ४० जना विद्यार्थीलाई न्यानो कपडा (स्वीटर) वितरण गरेको हो । बैंकका शाखा प्रमुख सन्तोष तिवारीले सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ३ सम्मका विद्यार्थीलाई स्वीटर सहयोग गरिएको गरिएको बताए ।
सो अवसरमा बोल्दै सो विद्यालयका प्रधानाध्यापक बटुकलाल तामाङले बैंकको सामाजिक कार्यको प्रशंसा गरेका थिए ।
उक्त कार्यक्रममा विद्यायलय ब्यवस्थापन समतिका अध्यक्ष, अन्नपुर्ण बहुमुखी क्यामपस प्रमुख, पार्बतीपुर बजार ब्यवास्थापन समतिका अध्यक्ष, इलाका प्रहरी कार्यालय पार्बतीपुरका प्रमुख, भरतपुर महानगरपालीका वडा न २१ का वडा प्रतीनिधि, मुक्तिनाथ विकास बैक को उपक्षेत्रीय कार्यालयका अनुगमन अधिकृत लगायत अन्य शाख प्रमुखहरुको सहभागिता रहेको थियो ।