पुष २१, चितवन । विगत लामोसमयदेखि विद्युत प्राधिकरणलार्ई पोल प्रयोग गरेवापतको तिर्नुपर्ने भाडा तिर्न अटेर गरेका इन्टरनेटसेवा प्रदायक कम्पनीहरुले अन्ततः प्राधिकरणसंँग झुक्नु परेको छ । इन्टरनेट सेवाग्राहीबाट एकमुष्ट अग्रिम शुल्क लिएर प्राधिकरणको बक्यौता नतिर्ने ती कम्पनीहरुले अहिले भाडा तिर्न लागेका छन । असोजमा त्यस्ता कम्पनीहरुको तार काट्ने, उपकरण जफत गर्न थालेपछि अन्तत उनीहरुको दादागिरी पना सेलाएको हो । निरन्तर बक्यौताको ताकेता गरिएको प्राधिकरणले हालसम्म ईन्टरनेट सेवा प्रदायक कम्पनी(आइएसपी) बाट पोल प्रयोग गरेबापत झण्डै १ करोड भाडा असुलेको छ ।
कार्यालयका अनुसार १४ वटा ती सेवा प्रदायक कम्पनीले भदौ यता ९६ लाख ८४ हजार ७९ रुपैंया भाडा तिरेका हुन् । कार्यालयका इञ्जिनियर राजेन्द्र पौडेलले बक्यौता रहेका ती कम्पनीहरुले भदौ पछि कुल सो रकम तिरेको जानकारी दिनुभयो ।
उहांँका अनुसार पोल भाडा बक्यौता तिर्नेमध्ये सबै भन्दा बढी पोल भाडा चित्रवन युनिक केवलले ३० लाख ५५ हजार ६८ रुर्पैया र सबैभन्दा कम पी डी एस सर्भर नेटवर्कले २५ हजार ४२५ रुपैंया बक्यौता तिरेको छ ।
यसैगरी कनेक्ट नेपालले १ लाख ७७ हजार ९७५ रुपैंया, त्रिवेणी केवल नेटवर्कले १ लाख ९३ हजार ८०० रुपैंया, प्राइम नेटवर्कले २ लाख ३ हजार ४०० , फाइवर वल्र्ड कम्यूनिकेसन प्रालि १ लाख २२ हजार ४० रुपैया र ब्रोडलिंकले १ लाख १हजार ७०० रुपैया पोल भाडा तिरेका छन ।
अन्य बक्यौता तिर्ने आइएसपी कम्पनीहरुमा वेबसर्फरले ३ लाख ५ हजार १००, डिसहोमले ६ लाख ६१ हजार ५०, सुबिसु नेटवर्कले २२ लाख २४ हजार ६६ रुपैया, टेक माईन्डस कम्युनिकेशसनले २० लाख रुपैंया र एन्जिएटा एनसेल कम्पनीले ८५ हजार ४२८ रुपैंया तिरेको पौडेलले जानकारी दिनुभयो ।
यस्तै दुई कम्पनीले स्वघोषणा गरी पोड भाडा तिरेका छन । ती मध्ये एक कम्पनीले १ लाख ११ हजार ४८७ रुपैंया र अर्को स्वघोषणा गरी बुझाउने कम्पनीले ४ लाख १७ हजार ५४० रुपैंया पोल भाडा बुझाएका छन । स्वघोषणा गर्ने कम्पनीले कार्यालयसंँग समन्वय नगरी बैंकमा सिधै रकम जम्मा गरेकोले नाम नखुलेको इञ्जिनियर पौडेलले बताउनु भयो ।
अन्य बक्यौता रकम ताकेता गरेसंँगै आउने क्रम रहेको र सम्झौता अनुसारनै पोल भाडा तिरिएको पौडेलले बताउनु भयो । हालसम्म सबै इन्टरनेट सेवा प्रदायक कम्पनीले ६० लाख भन्दा बढी बक्यौता तिर्न बांँकी रहेको कार्यालयले जनाएको छ ।
लामोसमयपछि पनि आइएसपी हरुले प्राधिकरणलाई बक्यौता तिर्न अटेर गरेपछि कार्यालयले असोजमा उनीहरुको इन्टरनेट सेवाका उपकरणहरु जफत गर्ने र तार काटिदिएको थियो ।
ईन्टरनेट सेवा प्रदायकको दादागिरी सेलायो :विद्युत प्राधिकरण , वितरण केन्द्रले उठायो १ करोड पोल भाडा
ईन्टरनेट सेवा प्रदायकको दादागिरी सेलायो :विद्युत प्राधिकरण , वितरण केन्द्रले उठायो १ करोड पोल भाडा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु