खैरहनी÷उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.को आयोजनामा श्री अन्त्योदय जनजाति आवासीय बिद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीहरुलाई खाना खुवाईएको छ ।
बिद्यालयमा अध्ययनरत करीब २०० भन्दा बढी विद्यार्थीहरुलाई खाना खुवाइएको हो ।
प्रा.लि.का निर्देशक डोलबहादुर कार्की (अविनाश) को संयोजकत्वमा सम्पन्न खाना खुवाउने कार्यक्रममा उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्ट प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि भट्टले मिडियाले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई पनि प्राथमिकतामा राखिएको भन्दै यस्ता खाले कार्यक्रमहरुले आफूहरुलाई उर्जा थपिएको बताउनु भयो । अझै आगामि दिनहरुमा समेत अन्य स्थानहरुमा रहेका वालवालिका, वृद्धवृद्धाहरुलाई सहयोग गर्ने समेत उहांँले बताउनुभयो ।
प्रा.लि.का प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले कार्यक्रमका बारेमा प्रष्ट्याउनु भएको थियोे। कार्यक्रममा प्रा.लि.का निर्देशकहरु अनिल कुमार श्रेष्ठ, कपिल सागर कर्माचार्य, हरि बहादुर भुजेल, पुष्पराज श्रेष्ठ, विद्यालय सञ्चालक समितिकिा सदस्य दिपक शिवाकोटी लगायतको सहभाथिता रहेको थियो । सो अवसरमा संस्थाका निर्देशक कर्माचार्यको जन्मदिन मनाईएको छ ।
निर्देशक कर्माचार्यले आफ्नो जन्म दिनलाई निकै महत्वपूर्ण अवसर बनाएर चेपाङ विद्यार्थीहरुसँगै मनाउन पाएकोमा प्रा.लि.प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । आगामी दिनहरुका लागि समेत मिडियामा छुट्टै कोष खडा गरी मिडियाले आयोजना गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिने समेत बताउनुभयो ।
चेपाङ्ग विद्यार्थीलाई उज्यालोको खाना
चेपाङ्ग विद्यार्थीलाई उज्यालोको खाना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु