चितवन । महिला उद्यमी संघ,नेपाल चितवनको अध्यक्षमा राजकुमारी शर्मा चयन भएकी छन । संघको छैठौं साधारणसभा तथा दोस्रो अधिवेशनबाट शर्मा सर्वसम्मत निर्वाचित भएकी हुन । संघले ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । प्रथम उपाध्यक्षमा स्वेता उपाध्याय, द्धितिय उपाध्यक्षमा बिनु लामा श्रेष्ठ, तृतीय उपाध्यक्षमा आरती प्रधान चयन भएका छन । संघको अन्य पदाधिकारीहरुमा सचिवमा सरस्वती सिग्देल र कोषाध्यक्षमा तारा रसाइली चयन भएका छन । यस्तै सदस्यहरुमा तिर्थना उप्रेती, विना तिवारी,डाक्टर पूजा कोइराला , नितु गुरुङ्ग र सल्लाहकारमा कल्पना राजभण्डारी चयन भएका हुन् ।
अधिवेशनको उद्धघाटन सत्रमा बोल्दै प्रमुख अतिथि पार्वती शाहले महिलाले आफ्नै नाममा उद्योग व्यवसाय दर्ता गरी आत्म निर्भर बनेको भन्दै महिलाले पनि पुरुष सरह काम गरेर प्रमाणित गरेको बताइन । ‘घरपरिवारलाई पनि समय दिएर पनि आफ्नो उद्यमलाई निरन्तरता दिनु भएको छ , उनले भनिन,यसले महिलापनि आर्थिक रुपमा सफल र सबल बन्न सक्छन भन्ने प्रमाणित गरिदिएको छ ।’
समाजको आर्थिक एवं सामाजिक रुपान्तरणको लागि महिलाको भूमिका पनि उत्तिकै रहेको भन्दै शाहले महिलालाई उद्यम बन्न क्षमता अभिवृद्धि र सीपमुलक तालिमको आवश्यकता रहेको बताईन । महिलाको समाज र परिवारमा थप जिम्मेवारी भएपनि चुनौतिलाई अवसरको रुपमा लिनुपर्ने उनको भनाई थियो ।
नवनिर्वाचित अध्यक्ष शर्माले विगतका थाती रहेका कामलाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गरिन । आफ्नो कार्यकालमा महिलालाई आत्म निर्भर बनाउन सीपमुलक तालिम , चेतनामुलक कार्यक्रमलाई अगाडि बढाई महिलालाई उद्यममा आकर्षण गर्ने योजना ल्याउने बताईन । बृद्धाआश्रमका ज्येष्ठ नागरिकलाई आंँखा शिविर, स्वास्थ्य शिविर , विद्यालयका जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण लगायत महिला हिंसा न्यूनिकरणमा अघि बढ्ने योजना रहेको उनको भनाई थियो ।
कार्यक्रमकी अध्यक्ष अर्पना प्रधान भण्डारीले संघको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन भने कोषाध्यक्ष आरती प्रधानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी
थिइन ।