चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित रिजालचोकमा न्याचुरल फर्निचर शोरुम सञ्चालनमा आएको छ । आज शोरुमले एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा सेवा शुभारम्भ गरेको हो । शोरुमको उद्धघाटन एभिन्यूज टेभिजिनका अध्यक्ष भास्करराज कर्णिकार, अभिनेता आर्यन सिग्देल र चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेलले गरेका हुन् ।
शोरुमको उद्धघाटनपछि बोल्दै प्रमुख अतिथि कर्णिकारले पछिल्लो समय फर्निचर उद्योग व्यवसायमा आधुनिकीकरण र यान्त्रीकरण भित्रिएको भन्दै उपभोक्ताको माग र चाहना अनुसारको फर्निचरका सामाग्री बिक्री वितरण गर्नुपर्नेमा जोड दिए । व्यवसायीले बिक्रीवितरण मात्रैलाई जोड नदिई स्वदेशमै फर्निचरका नयांँ शैली अपनाउंँदै उत्पादनलाई प्राथमिकतमा राख्नुपर्ने उनले बताए । फर्निचर बजारको पनि प्रतिस्पर्धा उत्तिकै रहेको भन्दै न्याचुरल फर्निचरलाई चितवनकै नमुना फर्निचर शोरुम बन्नुपर्ने भन्दै शुभकामना व्यक्त गरे ।
अर्का विशिष्ट अतिथि चितवन उद्योग संघका अध्यक्ष कंडेलले चितवन संभावनानै सभावना भएको जिल्ला भएको भन्दै फर्निचरका आधुनिक शैली स्वदेशमै उत्पादन हुनुपर्ने बताए । विदेशका सामाग्री भित्रदा भन्सार लगायत अन्य खर्चहरु बढ्ने हुंँदा विदेशकै जस्तो गुणस्तरीय सामान उत्पादन गर्न हामी नेपालीनै सक्षम हुनुपर्ने उनको भनाई थियो ।
अभिनेता सिग्देलले आगामी दिनमा यो फर्निचर शोरुमले शाखा विस्तार गर्दै जाओस भन्दै व्यवसायको सफलताको कामना गरे ।
सो अवसरमा बोल्दै शोरुमका सञ्चालक तथा अध्यक्ष घनश्याम पौडेल ‘श्याम’ले शोरुमलाई पर्यावरणसंँ जोडेर भरतपुरबासीको माग र आवश्यकतालाई मध्यनजर गरी यहांँ शोरुम सञ्चालनमा ल्याईएको बताए । विदेशका जस्ता फर्निचर यहीनै उपलब्ध हुने भएकोले अब उपभोक्ताले काठमाडौं र नारायणगढनै जानुपर्ने बाध्यता हट्ने उनले बताए ।
हाल आफूले सामान बिक्री वितरण गरी सेवा दिदै आएपनि निकट भविष्यमा अन्र्तराष्ट्रिय स्तरका सामान यहीं उत्पादन गर्ने कम्पनीले लक्ष्य लिएको उनले बताए ।
शोरुम महिला उद्यमी चन्दना कोइराला र पौडेलले संयुक्त रुपमा सञ्चालनमा ल्याएका हुन । यहाँ कार्यालय, होटल, घरलाई चाहिने सोफा, दराज, टेबल ,कुर्सी, पलंग, डाइनिङ्ग टेबल, ह्यांगर लगायतका स्वदेशी काष्ठकलाका साथै अन्र्तराष्ट्रिय स्तरका अन्य फर्निचरहरु पाईन्छन । महिला उद्यमी कोइरालाको कपास उद्योग तथा प्रकृति फर्निसिङ्ग शोरुम पनि सोही स्थानमा केही बर्षअघि सञ्चालनमा छ ।