चितवन । ट्राफिक प्रहरी कार्यालय, चितवनले आर्थिक बर्ष ०७८,०७९ को ६ महिनामा डेढ करोड भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार चालु आवको साउन देखि पौष मसान्त सम्ममा १ करोड ५५ लाख ७९ हजार पांँचसय संकलन गरेको हो । सो अवधिमा कुल १७ हजार १०९ वटा सवारीसाधन कारवाहीमा परेका थिए ।
कारवाही गरिएका सवारी मध्ये सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम ट्याक्टरबाट राजश्व संकलन भएको छ । जस अनुसार सो अवधिमा ४ हजार ७१५ मोटरसाइकल कारबाहीबाट ३९ लाख ४२ हजार पांँचसय रुपैंया र ८१२ वटा ट्रयाक्टर कारवाही बाट ७ लाख ५३ हजार रुपैंया राजश्व संकलन भएको छ ।
यसैगरी कार्यालयले ३ हजार २३४ वटा ट्रक ट्रिपर कारवाहीबाट ३४ लाख ४९ हजार रुपैंया , २ हजार २सय ६८ वटा बस माइक्रो कारवाहीबाट २० लाख ७१ हजार , ३ हजार ९१४ वटा जीप कार कारवाहीबाट ३६ लाख ९४ हजार र २ हजार १६६ वटा टेम्पो तथा अन्य सवारी कारवाहीबाट १६ लाख ७० हजार रुपैंया राजश्व संकलन गरेको छ ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले सवारीसाधनको कारवाही , प्रकृति र गल्ती अनुसार राजश्व संकलन हुने बताए । ‘सवारी चालकको गल्ती , प्रकृति अनुसारनै कारवाही हुन्छ , उनले भने , अर्को कुरा जुन प्रकृतिको सवारी संख्या बढी छ । लापरवाही पनि सोही सवारी साधनको भएको छ । ’
चितवनमा सबैभन्दा बढी मोटरसाइकल बढी चल्ने र दोस्रो बढी जिप,कार बढी गुड्ने र लापरवाही र गल्ती पनि उनीहरुले गरेकोले सोही अनुसार राजश्व संकलन भएको उनको भनाई छ । चितवन भएर दैनिक २५ हजार बढी सवारीसाधन आवतजावत गर्दछन ।