चितवन । टाटाको ईलेक्ट्रिक भेहिकल (ईभी)को बुकिङ्गको चाप बढेको पाईएको छ । इन्धन गाडीको तुलनामा ईभी गाडीमा खर्च कम हुनेभएपछि पछिल्ला समय यस्ता गाडीमा ग्राहकको आर्कषण बढेको हो । नेपालमा विभिन्न गाडी कम्पनीहरुले विभिन्न मोडल, पावर , भेरियण्ट र मुल्यमा गाडी भित्रयाउन थालेका छन ।
सरकारले पनि विद्युतीय गाडीको लागि कर छुट तथा सहुलियत र प्रोत्साहन गरेकोले पनि विद्युतीय गाडी प्रति आकर्षण बढ्दै गएको हो । पछिल्लो समय विभिन्न कम्पनीहरुले विद्युतीय गाडीहरु बिक्री गर्न शुरु गरेसंँगै टाटा उत्पादक कम्पनीले पनि विभिन्न भेरियण्ट मोडलमा विद्युतीय गाडी उत्पादन तथा विक्री वितरण गर्न लागेको हो । नेपालमा विद्युती गाडीको माग बढ्दै गएपनि ग्राहकको माग अनुसारको आपुर्ति पुरयाउन सकिएको छैन । पछिल्लो समय चितवनमा सडक पहुँच र सुविधाका कारण इन्धन गाडी चढ्न छोडेर विद्युतीय गाडी चढ्ने ग्राहकको उपस्थिति पनि बाक्लै छ ।
अन्य कम्पनीको विद्युतीय गाडीको तुलनामा टाटा विद्युतीय गाडीको मुल्य तुलनात्मक रुपमा कम भएकोले टाटाको इभि भेरियण्टको माग बढेको छ । जसका कारण चितवनको हाकिम चोक स्थित शेखर टाटा शोरुममा पनि विद्युतीय गाडी माग गर्ने र बुकिङ्ग गर्नेको संख्या बढ्दै गएको छ ।
शेखर टाटा शोरुमका प्रबन्धक निर्देशक संजय शर्माले पछिल्लो समय टाटाले उत्पादन गरेको विद्युतीय गाडीमा ग्राहकको आकर्षण बढेको बताउंँछन । ‘अहिले हाम्रो नेक्सन गाडी एकदम मन पराईएको गाडी हो शर्माले भने, विद्युतीय गाडीमा पनि बुकिङ्ग दैनिक रुपमा बढ्दो छ । तर माग अनुसार पुरयाउन सकिएको छैन ।
हाल टाटाले तीनवटा भेरियण्टमा विद्युतीय गाडी बिक्रि गर्दै आएको छ । तर मागको तुलनामा आपुर्ति कम भएपछि बुकिङ्ग गरेको एकदेखि डेढमहिना सम्म मात्र ग्राहकले इभी गाडी लिन सक्नेछन । टाटा विद्युतीय गाडीमा विभिन्न मुल्य , फिचर , पावर , आकर्षक डिजाइन र विभिन्न कलर अनुसारको पाईने हुनाले पनि टाटाको विद्युतीय गाडीमा ग्राहकको आकर्षण बढेको हो । शेखर टाटा शोरुमका अनुसार हाल टाटाको विद्युतीय गाडी तीनवटा भेरियण्टमा उपलब्ध छन । ‘यी गाडी मध्यम तथा जुनसुकै पेशा तथा व्यवसायको लागि पनि फिट छ त्यसैलेपनि टाटाको इभी गाडीको माग र बुकिङ्ग बढी छ ।’ शोरुमका अर्का प्रबन्धक शेखर धरेलले भने । उनका अनुसार आकर्षक मोडल, कलर तथा अन्य कम्पनीका इभी गाडीको तुलनामा सस्तो हुनुका साथै सर्भिसिङ्ग र चार्जिङ्ग सुविधा पनि सहजै पाउन सकिन्छ । हाल टाटा विद्युतीय गाडीमा हm,हशउगिक र हश उगिक गिह मा उपलब्ध छन् । यी भेरियण्ट गाडी खरीदका लागि दैनिक ३ देखि पाँच ग्राहक शोरुममा आउने गरेको र सोधपुछको लागि दर्जनौं कल आउने गरेको धरेलको भनाई छ ।
xm ev गाडीको को फिचर
पावर ः ११८ विएचपी
८बर्षसम्मको व्याट्री वारेन्टी
टु एयर व्याग
मुल्य ः ३७,९९०००÷—
xz plus इभी गाडीको फिचर
एल्लोवीहल
टु एयर ब्याग
३०.२ को साउण्ड सिष्टम
११८ विएचपी पावर
८बर्ष व्याट्री वारेन्टी
सेमी अप्सन
मुल्य ः ३९९९०००÷—
xz plus -lux इभी गाडीको फिचर
सनरुफ,वीथ लेदर सिट
एल्लोह्वील
ब्याक क्यामरा,
११८ विएचपी पावर,
२०५ एमएम ग्राउण्ड क्लियरेन्स
टच स्क्रीन , ब्याक वाइपर, फुल अप्सन
फाइभ स्टार सेफ्टी रेटिङ्ग
हारमोनको टु एयर व्याग
प्रति फुल चार्जिङ्ग ३१२ किमी सम्मको यात्रा
मुल्य ः ४०,९९०००÷—