चितवन । चालु आर्थिक बर्ष ०७८, ७९ को ६ महिनामा चितवनमा १ हजार १८० वटा नयांँ उद्योग दर्ता भएका छन । चालु आवको पुषसम्म सबै शिर्षकमा गरी घरेलु तथा साना उद्योग कार्यालय, चितवनमा उक्त संख्यामा उद्योग दर्ता भएका हुन् । कार्यालयमा उत्पादनमुलक उद्योग, कृषि तथा वनजन्य ,उर्जामुलक, खनिजजन्य,निर्माणमुलक,पर्यटनमुलक र विज्ञान तथा सूचना प्रविधि शिर्षकमा उद्योगहरु दर्ता हुंँदै आएका छन । कार्यालयमा नीजि र साझेदारी गरी लघु उद्यम, घरेलु उद्योग र साना उद्योग गरी तीन प्रकृतिका उद्योग हरु दर्ता हुने गर्दछ । दर्ता भएका उद्योगहरुमध्ये सबैभन्दा बढी दर्ता कृषि तथा वनजन्य उद्योगमा भएका छन भने सबैभन्दा कम पर्यटनमुलक उद्योगमा भएका छन । जसअनुसार सो अवधिमा कृषि तथा वनजन्य उद्योगमा ८०४ वटा उद्योग र पर्यटनमुलक उद्योगमा १२ वटा मात्र उद्योग दर्ता भएका छन । यस्तै उत्पादनमुलक उद्योगमा १४६ वटा र सेवामुलक उद्योग २१८ वटा दर्ता भएका छन भने अन्य शिर्षकमा कुनैपनि उद्योग दर्ता भएका छैनन ।
कार्यालय प्रमुख यादवनाथ आचार्यले चितवन कृषिजन्य उद्योगमा अनुकुल स्थान र उर्बरभूमि भएकोले पनि यस शिर्षमा बढी उद्योग दर्ता हुने गरेको बताउनु भयो । ‘चितवन कृषिको लागि उर्बर भूमि हो, देशकै केन्द्रबिन्दु पनि हो आचार्यले भन्नुभयो , साथै कृषिमा सरकारले सहुलियत तथा अनुदान कार्यक्रम ल्याएकोले पनि यो शिर्षकमा उद्योग दर्ता गर्ने बढेका हुन् । ’कृषि तथा वनजन्य उद्योग जुनसुकै उद्यमीले पनि गर्न सकिने र पछिल्लो समय आधुनिक कृषि प्रणाली तर्फ युवाहरुको आकर्षण बढेकोले पनि यी शिर्षकमा बढी उद्योग दर्ता हुने गरेको उहांँको भनाई छ । अघिल्ला बर्षमा पर्यटनमुलक उद्योगमा आकर्षण बढेपनि कोरोनाका कारण पछिल्लो समय यो शिर्षकमा कम उद्योग दर्ता हुने गरेको उहांँले बताउनु भयो । ‘पर्यटनमुलक उद्योगमा पर्यटनमुलक उद्योगहरु उपत्यका पर्यटन कार्यालयमा सहमति लिनुपर्ने असहज परिस्थिति पनि छ , उहांँले भन्नुभयो , यो शिर्षकमा पर्यटनमुलक र सेवामुलक अन्र्तगत वर्गीकरण पनि गरिएको छ ।’
डेढ करोड बढी राजश्व संकलन
चालु आवको ६ महिनामा दर्ता भएका उद्योगहरुबाट कार्यालयले डेढ करोड भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार सबै शिर्षक गरी दर्ता भएका उद्योगहरुबाट १ करोड ५३ लाख ६९ हजार रुपैंया राजश्व संकलन भएको छ । जसअनुसार उत्पादनमुलक उद्योगमा २१ लाख २९ हजार कृषि तथा वनजन्य उद्योगबाट १ करोड ३ लाख ५१ हजार, पर्यटनमुलक उद्योगबाट १ लाख ५३ हजार रुपैंया र सेवामुलक उद्योगबाट २७ लाख ३५ हजार रुपैंया संकलन भएको कार्यालयले जनाएको छ ।