काठमाडौं । विश्वको संगित बजारमा बलिउडको आधिपत्य रहेको छ ।
त्यसमा पनि हिन्दी संगित कारोबारमा विश्वमै बलिउडले छुट्टै स्थान बनाएको छ । भारतको सवैभन्दा पुरानो संगीत कम्पनी सारेगामाको लाइब्रेरीमा अहिले १ लाख ३० हजार हिन्दी संगीत सुरक्षित रहेको छ । यसमध्ये पनि कुनै संगीत जब स्ट्रीमिंग एप (यूट्यूब, स्पटिफाई, गाना) आदिमा अपलोड भइ बज्छ या शर्ट भिडियो एप (मोज, जोश अथवा टीभी (विज्ञापन, शो) मा प्रयोग गरिन्छ, यसको रोयल्टी सारेगामाको खातामा जम्मा हुन्छ ।
कम्पनीले मार्च २०२१ मा समाप्त वित्त वर्षमा २८४ करोड भारतीय रुपया(भारु) संकलन गरेको भन्दै यसबारेमा बिजनेश स्टेण्डर्डलेसमाचार छापेको छ । जसमा कम्पनीले कुल राजस्वको तीन चौथाई कमाई भने लता मंगेशकर, मोहम्मद रफी, किशोर कुमार आदिले गाएको गीतको लाइसेन्सबाट पाएको थियो ।
सारेगामाको लाइब्रेरीमा रहेका गीत गत आर्थिक वर्षमा ८५ अर्ब पटक स्ट्रीम भएको थियो । कम्पनीका प्रबन्ध निर्देशक विक्रम मेहराले आफ्नो कम्पनीको लागि लता मंगेशकर सबैभन्दा ठूलो गायिका रहेको थिइन् भनेका छन् ।
लताले प्राय : सवै भाषामा करीब ५ हजार ४०० ओटा गीत गाएकी छन् । जसमध्ये ८० देखि ९० प्रतिशत गीत सारेगामाको नै कपिराइट रहेको छ ।
संगीत उद्योगसँग सम्वन्धित व्यक्तित्वहरुले उनको गितको कोही कसैमा सर्वमान्य आंकडा नरहेको पनि बताएका छन् । उनीहरुले लताको भारतीय संगीत उद्योगमा उदयपछि संगित उद्योगले कति कारोबार गर्यो त्यसको त लेखाजोखा नै छैन भनेका छन् । साथै उनीहरुले संगीतको अर्थव्यवस्था उठाउने व्यक्तित्वको निधनले ठूलो क्षति भएको पनि बताएका छन् ।
तर के निश्चित हो भने उनका कारण १ हजार ८०० करोड भारुको हालको भारतीय संगीत उद्योगमा उनको योगदान कति छ सवैका सामू छलंग नै छ । हुन त अहिले भारतीय संगीत उद्योगमा सिनेमा संगीतलाई पछाडि पार्दै स्ट्रीमिंगले गती लिइरहेको छ । भारतमा १९ दशमलव २ करोड मानिस प्रत्येक महीना कुनै न कुनै किसिमले स्ट्रीमिंग एपमा गीत सुन्छन् ।
युट्यूब भारतमा ४५ करोड़ मासिक उपयोगकर्ताको साथ सवैभन्दा ठूलो भिडियो तथा म्यूजिक ओटीटी रहेको छ। गत वर्ष लताको संगीत उनकै युट्यूब च्यानलमा ६ दशमलव ७ अर्ब पटक स्ट्रीम भएको थियो ।यसको प्रमुख १० गीतमा सन् १९४२ देखि लिएर हालसम्म उनको संगीत सामिल रहेको छ । यो त भयो युट्यूवमा स्ट्रीम भएको कुरा ।
यतिमात्र होइन, उनको गीत भिडियो शेमारु, सारेगामा, स्पटिफाई जस्ता अन्य धेरै ओटीटी प्लेटफार्म करोडौं पटक स्ट्रीम हुन्छ नै। लताको आइतवार उपचारको क्रममा निधनपछि मेहराले भनेका छन् – लताले अन्य कुनै संगीतकारको तलुनामा धेरै हिट गाना प्रस्तुत गरिन् ।
भारतीय संगीत उद्योगका अध्यक्ष ब्लेज फर्नान्डिसले उनी पप, रक, रोमान्स, शास्त्रीय, आध्यात्मिक तथा लोक गीतजस्ता सवै शैलीमा गीत गाउन सहज थिइन् । उनको प्रशंसक दुनिया भरमा रहेका छन् ।
कोभिड संक्रमित भएपछि ९१ वर्षिय उनलाई अस्पताल भर्ना गरिएको थियो । केही हप्तायता उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आईसीयू) कक्षमा राखी उपचार गरिंदै आएको थियो । स्वर कोकिला’ उपनामले चिनिने उनको आइतवार नै दाहसंस्कार गरिएको छ ।
उनले ३६ ओटा भाषामा हजारौं गीत गाएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उनी नेसनल फिल्म अवार्ड‚ दादासाहेब फाल्के अवार्ड र भारत रत्नसहित दर्जनौं पुरस्कारबाट सम्मानित भएकी थिइन् । उनले थुप्रै नेपाली गीत पनि गाएकी छन् । एजेन्सीको सहयोगमा