चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित न्यूरोडमा अत्यधुनिक प्रविधि सहितको डिजल नोजल पम्पको सर्भिस सेन्टरको शुभारम्भ गरिएको छ । आज एक कार्यक्रमकाबीच नेपाल अटोमेकानिक्स महासंघका उपाध्यक्ष तथा नाडाका केन्द्रिय सदस्य गोपाल भट्टाराइले जनरल अटो डिजल्स पम्प सर्भिस सेन्टरको उद्धघाटन गर्नुभएको हो । डिजेल गाडीको इञ्जिनको मुख्य अंगको रुपमा नोजल पम्प सर्भिस सेन्टरको दोस्रो शाखा न्यूरोडमा विस्तार गरिएको हो । यसअघि भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित लायन्सचोकमा सर्भिस सेन्टरले सेवा दिंँदै आएको थियो ।
सर्भिस सेन्टरको शुभारम्भ पछि बोल्दै संघका उपाध्यक्ष भट्टाराईले चितवन देशकै केन्द्रविन्दु र हरेक क्षेत्रको हब भएको र अटोमोबाइल क्षेत्रमा पनि उत्कृष्ट जिल्ला भएकोले यस्ता अत्यधुनिक प्रविधि सहितको सर्भिसले यस क्षेत्रमा आयाम थपिएको बताउनु भयो । ‘चितवन देशकै केन्द्रबिन्दु सडक सञ्जालको विस्तार विकाससंँगै अटोमोबाइलको आकर्षण बढ्दै गएको छ, उहांँले भन्नुभयो, यस जनरल डिजल्स सर्भिस सेन्टरले गुणस्तरीय सेवा दिनेछ भन्ने विश्वास लिएको छु ।’सूचना प्रविधिको विकास संँगै अटोमोबाइल क्षेत्रमा भएको नवीनतम प्रविधिले यस क्षेत्रको व्यवसायिकरणमा थप टेवा मिल्ने उहांँको भनाई छ । विगत लामो समय नोजलपम्पको सर्भिसको अनुभव संँगै दक्ष इञ्जिनियर र प्राविधिकले यस सर्भिस सेन्टरको शुभारम्भ भएको भन्दै उहांँले सर्भिससेन्टरको प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
सर्भिस सेन्टरका सञ्चालक दिपलाल रामले पच्चीस बर्षको अनुभव पश्चात न्यूरोडमा अत्यधुनिक अटोमेशिनबाट सेवा दिने उद्धेश्यले न्यूरोडमा शाखा विस्तार गरिएको बताउनु भयो । ‘चितवनको देशकै केन्द्रबिन्दु र सवारीको चाप बढी भएको जिल्ला हो , उहांँले भन्नुभयो, सबै सवारीधनीको गुणस्तरीय सेवाको लागि नयांँ टेक्नोनोजि सहित सेवा शुरुवात गरेका हौं ।’ उहांँका अनुसार अधिकांश सर्भिस सेन्टरमा म्यानुअल प्रविधि हुंँदै आएपनि हाल चितवनमा स्वचालित मेशीनको प्रयोगद्धारा नोजल पम्पको मर्मत र सेवा दिईएको हो । यस प्रविधिबाट डिजल गाडीको नोजलमा आउने समस्या डिजिटल प्रविधिबाट पत्ता लाग्ने र छिटो र छरितो रुपमा मर्मत सम्भार हुने उहांँको भनाई छ ।
यो संँगै सर्भिस सेन्टरले नोजलपम्पको ओरिजिनल पार्टस पनि बिक्री गरिने जानकारी दिएको छ । ‘हामीले कम्युटर पद्धतिबाट सर्भिसको शुरुवात गरेका हौं उहांँले भन्नुभयो, अब कुनैपनि डिजल गाडी नोजलपम्मको समस्याबाट सवारीधनीले चिन्ता लिनुपर्दैन ।’ सर्भिस सेन्टरले विभिन्न दक्ष प्राविधिक सहित नोजल पम्पको मर्मत सम्भार एवं समस्या समाधान गर्दै आएको छ । ्
भारतबाट अटोमेकानिकल इञ्जिनियर अध्ययनपश्चात आफूले यो अत्यधुनिक प्रविधि भित्रयाउन सफल भएको सर्भिस सेन्टरका प्रबन्धक जेनिथ भारतीले बताउनु भयो । ‘,मैले भारतमा यस विषयमा अध्ययन गरी नेपालमा यो प्रविधिको प्रयोग गर्न सफल भएको हुंँ, भारतीले भन्नुभयो, अब पक्कैपनि नोजलपम्प सर्भिसमा ग्राहक सन्तुष्ट हुनुहुन्छ ।’ चितवनमा आफ्नो बुबा दीपलालको लामो अनुभव र आफूले अटोमेकानिकल इञ्जिनियरिङ अध्ययन गरी यस क्षेत्रमा नयांँ आयाम ल्याउन सफल भएको भारतीको भनाई छ ।
यसअघिपनि आफ्नो सर्भिस सेन्टरमा चितवन लगायत धादिङ, रामेछाप, तनहुंँ , नवलपरासी , विरगंज लगायतका ग्राहकहरु आउने गरेको र अत्यधुनिक सर्भिस पछि उनीहरुको लागि थप सहज र सस्तो दरमा सेवा दिन सकिने प्रबन्धक भारतीले बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि चितवन अटोमेकानिक्स संघका अध्यक्ष प्रेमप्रसाद पाण्डे, अटो मोबाइल व्यवसायी तथा मेकानिक्स लगायतको सहभागिता रहेको थियो ।