चितवन । भन्ने गरिन्छ एकनासको जीन्दगी उराठ लाग्दो हुन्छ । उकाली र ओराली स्वीकारेर अगाडि बढ्दा नै जिन्दगीको मजा भेटिन्छ । जिन्दगीमा अनेकौं मोड र घुम्तीहरु हुन्छन कतिपय कमजोरी कतिपय सफलता । कोही हार खान्छन् कोही साहस बटुलेर अगाडि बढ्छन् । कोही सिक्छन । कोही सिकाउँछन जिन्दगीको यात्रामा । कोही असफलता बीच सफल हुन्छन् त कोही सफलता भेट्न असफल । कोही आफैबाट सिक्छन कोही अरुबाट । सफलको मात्र कथा लेखिने यस समाजमा असफलहरु पनि सफल बन्न चाहन्छन वा बनेका हुन्छन् । कोही विगतका कमी कमजोरीलाई सुधारेर अघि बढ्न चाहन्छन । यस्तै आफैंबाट सिकेर अरुलाई सिकाउँदैछन् यूवा व्यवासायी अनील परियार ‘कान’ । राजनीतिक पृष्ठभूमि समेत रहेका अनिल ‘कान’ विभिन्न कालखण्ड पार गर्दै समाजमा उदाउँदो नेता तथा व्यवसायीको रुपमा अलग पहिचान बनाउंँने कसरतमा छन ।
व्यवसायिक र राजनीतिक पृष्ठभूमि भएका अनिलले खासै अभाव महसुस भएन विगतमा पनि । तर जीवनका कालखण्डमा आफ्नै कमजोरीले दुःख नपाएका पनि होइनन् । , ‘म व्यवसायी पारिवारिक पृष्ठभूमिमा हुर्के दुःखत मैले महसुस गर्न पाईन तर संर्घष र हडल चाहिंँ जिन्दगीमा कैंयौं भोगें ’ उनी विगत सम्झन्छन । भरतपुर माविमा प्रारम्भिक शिक्षा प्रारम्भ गरेका उनी पढाईमा मध्यम स्तर रहे पनि सानै देखि राजनीतिमा चाख भने बढी नै राख्ने गर्थे । देश द्धन्द्धकाल र संकटकालमा गुज्रिरहेको बेला स्वभाविक रुपमा उनको मस्तिष्कमा राजनीतिको गाढा छाप नपर्ने कुरै भएन ‘म स्कुल देखिनै वाइसील, युथफोर्सको तारोमा हुन्थेंँ , तर हामी काँग्रेस पृष्ठभूमिको मान्छे आफ्नो विचारमा जहिले अडिग हुन्थें ।’ राजनीति प्रवेश गर्दाको क्षण उनी सुनाउंँछन । त्यतिबेला चितवनको नेताहरुको नजर उनमा परिसकेको थियो । सक्रिय, हिम्मतवाला , आंँट ,साहस र पार्टीको कमान्ड तत्काल पालना गर्ने उनले जिल्लाका नेताहरुको मन जितिसकेका थिए । ‘म नेविसंघको जिल्ला सदस्य हुँदै तरुण दलमा प्रवेश गरें र राजनीतिक यात्रा अगाडि बढाएँ । ’राजनीतिक यात्राको खुड्किलो बारे उनले बेलिबिस्तार लगाए ।
‘त्यसपछि ममा एकातिर पार्टीको आदेश पालना गर्ने जिम्मेवारी थियो अर्कोतिर विपक्षी पार्टीहरुको दबदबालाई कमजोर पार्नु थियो ।’ उनी थप्छन । यस्तो चुनौति राजनीतिक अवस्थाबाट गुज्रेका उनले कहिल्यै हिम्मत हारेनन । पार्टीका लागि आफ्नो संगठनका लागि कहिल्यै पछि हटेनन् ।
यसबीचमा राज्यपक्षबाट , विपक्षीबाट कतिपटक धरपकड भए, कति झडप भए उनी अहिले सबै सम्झन पनि सक्दैनन । उनी विपक्षी दलको संगठनका तारोको रुपमा रहिरहे । ‘म कुनैपनि समय मारिने र मर्छु भन्ने कुनै ठेगाननै हुन्थेन’ उनी सम्झन्छन । तर पनि आफ्नो बिचार र बाटोबाट कहिल्यै विचलित भएनन् ।
जिल्लामा त्यतिबेला दिनहुंँ, झडप, धरपकड , घाईते र मृत्युका घटनाहरु हुन्थे , कति साथीहरु पनि गुमाए उनले कति घाइते साथीहरु घाइते पनि भए भाग्यवश उनी कुनै न कुनै रुपमा त्यस परिस्थितिबाट उम्कन सफल हुन्थे । ‘त्यतिबेला राजनीति संगठनबीच दिनुहुंँ खुकुरी प्रहार, झडप हुन्थ्यो त्यसबीचमा आफूलाई र साथीहरुलाई जोगाउन मुश्किल पथ्र्यो ।’ उनी झण्डै एक दशक अघिका ती दिनहरु सम्झे ।
दुर्भाग्यवश त्यतिनै बेला जिल्लामा तरुणदलका अध्यक्ष शिव पौडेलको हत्या भयो , राज्यपक्षले उनलाई पनि शंकाको घेरामा ल्यायो । ‘मलाई राज्यपक्षले, प्रहरी प्रशासनले गुण्डाको ट्याग भिरायो ’उनी असन्तुष्टी व्यक्त गर्छन । त्यसपछि उनी प्रहरीको खोजी सूचीमा परे अनि बाध्यता बश उनी भारत भूमिगत हुन पुगे । केही समय चितवनको माहोल स्थिर र सामान्यपछि नेपाल फर्के ।
हुनत उनी भारतमै हुंँदाखेरी पनि जिन्दगीलाई फरक धारमा र नयांँ बाटोमा लैजान कसरी सकिन्छ भन्ने ध्याउन्नमा हुन्थे । उमेरले पनि परिपक्व हुंँदै गएपछि उनमा राजनीति, सामाजिक र व्यवसायकि चेतना बढ्दै गयो । उनी नेपाल फर्केपछि भने आफूलाई परिवर्तन गर्ने ध्याउन्नमा लागे । विगतका गल्ती कमजोरीलाई सुधार्ने बाटोमा अग्रसर हुंँदै गए । ‘मैले विगतका कमी कमजोरी र संगतलाई छाडेर फरक बाटोमा हिड्न चाहन्थें । अहिले त्यो पुरा भएको छ ।’ उनी भन्छन । हाल उनी नेपाली कांँग्रेसको क्षेत्र नम्बर २ को प्रतिनिधिमा पनि सर्वसम्मत निर्वाचित भएका छन भने प्रदेश प्रतिनिधिको रुपमा पनि सर्वसम्मत निर्वाचित भएका छन । केही बर्षदेखि रेष्टुरेण्ट व्यवसायमा हात हालेका उनले भरतपुरमा मात्रै तीनवटा अत्यधुनिक सेवा सुविधा सहितका रेष्टुरेण्ट सञ्चालनमा ल्याएका छन । ‘मैले विगतलाई बिर्सेर अहिले राजनीति र रेष्टुृरेण्ट व्यवसायलाई अघि बढाउंँदै लगेको छु’ उनले भने । हाल उनको व्यवसायमा हाल दर्जनौलाई रोजगारी पाएका छन ।
आगामी दिनमा युवाहरुको नेतृत्व गर्दै र व्यवसायलाई विस्तार गर्ने उनको योजना छ । ‘राजनीतिलाई अघि बढाउन पनि व्यवसाय गर्नैपर्छ । म यी दुबै पेशा व्यवसायलाई संँगसंँगै लैजादैछु’ उनको निचोड छ ।
‘ समाज र राज्यबाट गुण्डाको ट्याग भिराईएका र राजनीति नै व्यवसाय बनेको यो परिवेषमा ‘कान’ले राजनीति र व्यवसायलाई आगामी दिनमा कसरी सन्तुलित रुपमा अगाडि बढाउँलान् उनको थप सफलता र विफलता यसैमा निर्भर गर्नेछ । ‘