चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित त्रिचोकमा अन्र्तराष्ट्रिय गुणस्तरका पर्दाको शोरुम सञ्चालनमा आएको छ ।
विदेशको लामो अनुभव र सीप प्राप्त गरेपश्चात स्थानीय युवा विश्व सापकोटा र नारायण तिमिल्सिनाको संयुक्त लगानीमा केही समय अघि मात्र मनकामना सप्लायर्स सञ्चालनमा ल्याईएको हो । चितवनमै पहिलो पटक तथा काठमाडौं पछिको अन्र्तराष्ट्रिय गुणस्तर र डिजाइनका पर्दाहरु बिक्री गर्ने यो एकमात्र शोरुम भएको सञ्चालकको भनाई छ ।
झण्डै ४० लाख रुपैंयाको लगानीमा उक्त पर्दा शोरुम सञ्चालनमा ल्याईएको हो । चितवन र यस वरपरका जिल्लालाई लक्षित गर्दै शोरुम सञ्चालनमा ल्याईएको शोरुमका सञ्चालक विश्व सापकोटाले जानकारी दिए । ‘चितवन देशकै केन्द्रबिन्दु हो, विकसित शहर पनि हो उनले भने, गुणस्तरीय पर्दाका लागि जिल्ला बाहिर जान नपरोस भन्ने हाम्रो मान्यता हो ।’ शोरुमले अफिस,होटल, रिसोर्ट, अस्पताल , घरका लागि पर्दाहरु तयार गरी फिटिङ गरिरहेको उनले जानकारी दिए ।
उनका अनुसार शोरुमले हाल थोक मुल्यमा पर्दाका विभिन्न आइटम तथा डिजाइनहरु बिक्री गरिरहेको छ । शोरुममा रिमोर्ट वाल, जेब्रा पर्दा,रोलर पर्दा, भेनेसन लगायतका डिजाईनहरु पाइनेछन । चितवनमै सस्तो , गुणस्तरीय , सहुलियत दरमा पर्दाहरु बिक्री भईरहेको उनको भनाई छ । चीन र भारतबाट ल्याईएका यी पर्दाहरुको तीनबर्षसम्म निःशुल्क मर्मत सम्भार सुविधा दिईएको छ । दक्ष प्राविधिकद्धारा विभिन्न आकर्षक र अत्यधुनिक प्रकृतिका पर्दाहरु फिटिङ भईरहेको सापकोटाले बताए । हाल चितवन लगायत पोखरा बुटवल, हेटौंडा, दमक, झापा, विराटनगर लगायतका जिल्लामा पर्दाहरु अर्डरहरु आईरहेको र सप्लाई भईरहेको छ । शो्रुमले आगामी दिनमा अन्य जिल्लामा शाखा विस्तार गर्नुका साथै यस उत्पादनहरुलाई देशभर विस्तार र पहुंँचमा पुरयाउने लक्ष्य लिएको उनले बताए ।