चितवन । वैदेशिक रोजगारका लागि विदेश पठाईदिन्छु भनेर सांँढे ४५ लाख बढी ठगी गर्ने एक महिला पक्राउ परेकी छिन ।
पक्राउ पर्नेमा खैरहनी नगरपालिका वडा नम्बर ७ सुर्तनाकी मिना चौधरी रहेकी छिन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार वैदेशिक रोजगारमा राम्रो कमाई हुन्छ र मेरो चिनजानका तथा आफन्त मार्फत भिषा मगाई कम रकममा नै बिदेश पठाई दिन्छु भनेर विश्वास दिलाई प्रलोभनमा पारी विभिन्न समयमा ३८ जना ब्यक्तीहरुसँग ४५ लाख ७५ हजार ठगी गरेकी थिइन । उनलाई सोमबार पक्राउ गरी चितवन जिल्ला अदालतबाट म्याद थप गरी ठगी मुद्धामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु